
धरानका मेयर “हर्क साम्पाङ”को चारित्रिक चरित्र यतिखेर विरोधाभाषपूर्ण प्रदर्शित भैरहेको छ । साम्पाङ आफुले आफैंलाई विरोधाभाष बनाउदै आइरहेका छन् । अराजकपूर्ण अराजनीतिक राजनीतिको व्याप्त बिकृतिको बिरुद्द चलेको “स्वतन्त्र मुभमेन्ट” अन्तर्गत मेयरको रुपमा धरानले जन्माएको पात्रको रुपमा देखा परेका साम्पाङ यतिबेला “श्रमदान वा भ्रमदान ?” को गम्भीर प्रश्नले घेरिएका छन् ।
मपाइत्व प्रबृत्तिले भरिपूर्ण पात्र हर्क साम्पाङ-
१. मेयर हुनु पुर्व राज्यलाई प्रश्न गर्ने तथा कार्यकक्ष मै प्रवेश गर्दै कार्यालय प्रमुख प्रति अभद्र तथा अमर्यादित रुपमा प्रस्तुत हुने साम्पाङ, आजभोली साम्पांगलाई प्रश्न गर्नेहरु तथा साम्पांगको कार्यकक्ष मै प्रवेश गरेर फेसटुफेस गर्नेहरु प्रति साम्पांगको विभेदपूर्ण कार्यशैली पहिलो विरोधाभाष हो ।
२. राज्यद्वारा हुने विभेद बिरुद्द सशक्त आवाज उठाउने हर्क साम्पाङ आज उनकै शासकीय शैली बिरुद्द आवाज उठाउनेहरु प्रति साम्पांगको सत्रु झैं तथा दुश्मनीपूर्ण कार्यशैलीयुक्त प्रबृत्ति दोश्रो विरोधाभाष हो ।
३. जनताको आवाज बोल्ने हर्क साम्पांग आजभोली त्यहि जनतालाई देशद्रोही भन्दैछन ! साम्पाङलाई समर्थन नगर्ने जनताहरु तथा साम्पाङको क्रियाकलाप प्रति वाहवाही नगर्ने मानिसहरु साम्पाङको नजरमा मान्छे नै होइन जस्तो गरि सामाजिक संजालमा साम्पाङको प्रस्तुती तेस्रो विरोधाभाष हो ।
हिट्लर र स्टालिनको झल्को दिने साम्पाङ प्रबृत्ति-
हिट्लर र स्टालिनमा पनि मपाइत्व प्रबृत्ति ब्याप्त भएको कुरा इतिहासका पानामा पढ्न पाइन्छ । हर्क साम्पाङले प्रस्तुत गरिरहनु भएको प्रस्तुतिहरुको सारांस: आफु बाहेक कसैलाई योग्य नदेख्ने ,आफु बाहेक कसैले पनि संसार चलाउन नसक्ने वा आफुले बाहेक अरुले संसार धान्नै नसक्ने , आफु बाहेक सबै बेइमान , संसारको एक्लो योग्य , संसारको एक्लो इमान्दार , संसारको एक्लो बलवान भएको घमण्डीपूर्ण प्रबृत्तिलाई उदाउदो तानाशाहको चरम रुपको कार्यशैली मानिन्छ । जुन शैली हिट्लर र स्टालिनमा थियो,। जसले बिरोधीहरुलाई सखाप गरेर भएपनि आफ्नो हैकम , दबदबा र तथाकथित लोकप्रियता कायम गर्न रुचाउथे । त्यहि प्रबृत्ति धरानको मेयर साम्पाङको व्यक्तित्वले दिनहुँ झल्को दिरहेको छ ।
अब लागौं: श्रमदान कि भ्रमदान ? तर्फ ।
एक समय जनताका लागि सच्चा सेवकको छवि बनाएका मेयर हर्क साम्पाङमाथि अहिले ‘श्रमदानको नाममा भ्रमदान’ गरिरहेको आरोप लाग्न थालेको छ। प्रारम्भिक दिनहरूमा ‘हेलमेट लगाएर तथा कम्मरमा खुकुरी भिरेर मैला लुगामा लत्पतिएको माटोमा देखिएको उनको छवि प्रशंसनीय थियो। तर समयसँगै झुटको पर्दामा परिणत भइरहेको देखिन्छ।
साम्पाङको भ्रमपुर्ण दावी-
साम्पाङले श्रमदानबाट मात्रै देश बनाउन सकिने र उक्त काम आफुबाट मात्रै सम्भव हुने आत्मरती र एकमनोवादी धारणा प्रस्तुत गर्ने गरेका छन् । देश विकासको एकमात्र माध्यम श्रमदान नै होत? श्रमदान बिना देशको विकास असम्भव नै होत? होइन, देश समाज विकासको आधारहरु मध्य श्रमदानको माध्यम एउटा आधार हुन सक्ला तर विकासको अन्तिम मोडल श्रमदान भने अवस्य होइन। त्यसो त श्रमदानबाट मात्रै विकासको उच्चरुप हासिल गरेका देशहरु संसारमा कति छन? मलाइ लाग्दछ एउटा पनि छैन।
श्रमदान एउटा काल्पनीक साहित्य जस्तै हो। झट्ट मीठो लाग्ने तर विकासको यथार्थ भने होइन। श्रमदान राजनीतिक रुपमा नभै सामाजिक रुपमा गरिने अल्पकालिन कार्यक्रम हो ।आजको युगमा श्रमदान लोकप्रियतावादी कार्यक्रम हो। तत्काल लोकजगतलाइ आकर्षण गर्ने एउटा माध्यम हो जसको दीर्घकालीन जीवन हुदैन। लि क्वान यु ले सिंगापुर बनाउदा साम्पाङको जस्तो श्रमदानको मंचन गरेर बनाएको होइन। आजको चाइना माओले श्रमदान गरेर बनेको पनि होइन। तथापि सामाजिक रुपमा समजाको तप्काले स्वतन्त्र पुर्वक गर्ने श्रमदानको स्वतन्त्रतालाई सुरक्षित चैं गर्नुपर्छ।
नक्कली डोर हाजिरी र नाटकीयता-
स्थानीय बासिन्दा र केही कर्मचारीहरूका अनुसार, श्रमदान कार्यक्रमहरूमा देखिने भीड र सक्रियता धेरैजसो मञ्चित हुने गरेका छन्। जनप्रतिनिधिको हैसियतमा मेयर आफैं उपस्थित भएर काम गरेको नाटक गरेता पनि, त्यो एक ‘फोटो सेसन’ मात्र हुने गरेको भन्ने आरोपहरू उठ्न थालेका छन्। उनको मपाइत्वका क्रियाकलापहरु अनुसार-“श्रमको वास्तविकता भन्दा लोकप्रियतावादी दृश्य मञ्चन”मात्रै त होइन ? खालको घटनाक्रमहरु देखिन थालेको छ ।मेयर र उपमेयर मध्यमा कसको चैं डोर हाजिरी रेकर्ड सत्य हो भन्नेमा यतिखेर बहस भैरहेको छ । मेयर हर्क साम्पांगले “रकम नलिएको श्रमदान मात्रै” लेखिएको कैफियत कोलम सहितको डोर हाजिरी सार्वजनिक गरेका छन् भने उप मेयरले सार्वजनिक गरेको डोर हाजिरीको कैफियतमा केहि नलेखिएको अर्थात कैफियत कोलम खाली रहेको देखिन्छ ! जसको अर्थ दैनिकी मजदुरी ज्यालामा कार्यहरु भैरहेको बुझिन्छ ।
साम्पाङले श्रमदान भनि गरेका कार्यहरुको पारदर्शीता छैन । दाताहरुले प्रदान गरेका सामाग्री , देश बिदेशबाट उठाईएको अनाधिकृत चन्दा, श्रमदान भनेर गरिएका कार्यहरुमा भएका खर्चहरु बारे अहिले सम्म हर्क साम्पाङकै जनता अन्योलमा छन् । साम्पाङले सामाजिक संजालमा पोस्ट गरेका विवरण अनुसार श्रमदानको नाममा सहभागी हुने मानिसहरु कम्तिमा पनि दैनिक एक सय जनाको संख्यामा देखिन्छन । दैनिकी रुपमा देखिने एक सय जनाको संख्याले भोकै काम गर्ने कुरै भएन ।
श्रमदानको दिनमा जहिल्यै मासु सहितको परिकार भोजन गर्ने गरेको कुरा साम्पाङ आफैंले कबुल गरिसकेका छन्। श्रमदान भनेर आयोजना भएका कार्यक्रमहरुमा प्रयोग गरिएका डोजरहरु , टिपरहरु संचाल गर्ने पैसा कहाबाट आइरहेको छ ? कति पैसा आइरहेको छ ? कस्तो श्रोतबाट संचालित भैरहेको छ? कति खर्च भैरहेको छ ? खर्च भैरहेको छ भने त्यो कसरी श्रमदान भयो ? यसबारेमा साम्पांगलाई नै भोट दिने भोटर बिचरा अन्धकारमा छन् ! देशमा चरम आर्थिक मन्दी छ । दिनहु ब्यापारीहरु व्यवसाय छोडेर पलायन हुन बाध्य छन् । यस्तो अवस्थामा ब्यापारीहरुले सामाग्रीहरु दान गरे होलान ? आफ्नो दैनिकी रोजीरोटी छोडेर निशुल्क आफ्नो श्रमलाई दान गर्न मानिसहरु गएका होलान ? किनभने श्रमदान भनेर देखाइएका भिडियो चित्रहरु हेर्दा निम्न र मध्यम वर्गका मानिसहरु सहभागी भएको देखिन्छ।
के त्यो वर्गका मानिसहरुले रोजीरोटी मारेर श्रमलाई दान गरे होलान ? महत्वपूर्ण विरोधाभाष त केछ भने धरान आफैंमा धनि सहर हो । पानि बाहेक धरानमा अधिकांस सबैकुरा पाइन्छ । धरान ८०% लाहुरे पारिवारिक चिनारी बोकेको सहर हो । गरिबको रेखामुनी रहेका धराने वा सुकुम्बासीको रुपमा रहेका धरानेहरु पक्कैपनि दैनिकी ज्याला माया मारेर भावुकतामा श्रमलाई दान गर्न गएनन् होला । तर एक सय संख्यामा दश जना मानिस जो सम्पन्न छन् उनीहरु श्रमलाई दान गर्छु भनेर सकारात्मक भाव बोक्दै गएको कुरालाई नकार्न चै सकिन्न । साम्पांगको अपारदर्शीताको कारण यावत कुराहरु तथा प्रश्नहरु उठ्न बाध्य छ।
वास्तविक समस्याबाट ध्यान मोड्ने अभ्यास ?
धरानको खास समस्या जनस्वास्थ्य, पानि तथा फोहोर व्यवस्थापन जस्ता आधारभूत समस्याहरू समाधानको पर्खाइमा छन्। तर सामाजिक सञ्जालमा श्रमदानको प्रचार गर्दै जनताको नजर आफ्नो ‘सदाचार’ तर्फ मोडेर लोकप्रियतावादमा रम्न रुचाउने प्रबृत्ति जस्तो साम्पांगमा देखिन्छ। यस्तो हर्कतले काम भन्दा प्रचारमा बढी जोड दिएको पुष्टि गर्छ । बालेंन , रेणु दाहाल , चिरबाबू महर्जन , गोपी हमालहरुले कहिल्यै पनि श्रमदानको हल्ला गरेर लोकप्रियतावाद प्रस्तुत गरेनन् ।
उनीहरुले एक बचन श्रमदानको लागि सार्वजनिक आह्वान गरिदिने हो भने हजारौं मानिस उपस्थित हुने स्थिति छ । तर उनीहरुले कसैको पनि आजको युगमा श्रमदानको नाममा श्रमको मूल्य मार्न खोजेनन् । के उनीहरुले पनि साम्पांगले जस्तै श्रमदान भनेर बबाल गर्न सक्दैनथिए ? अवस्य सक्दथे । तर उनीहरुले पारदर्शी , प्रभावकारी र दीर्घकालीनरूपमा परिणाम निस्कने कार्यहरु मात्रै गर्दै आइरहेका छन् ।
मेयर रेणु दाहालले भरतपुर बनाउन श्रमदानको मंचन नगरिकन भरतपुर बन्यो । गोपी हमालले धनगढ़ी बनाउन दुनियालाई तथानाम भन्दै गिटार बजाएर अराजक र अमर्यादित संगीत गाउनु परेन । चिरबाबू महर्जनले ललितपुर बनाउन दुनियालाई ढुंगा नबोकाइकन पनि सुन्दर ललितपुर बन्न सम्भव भयो । बालेंनले काठमाडौंलाई व्यवस्थित बनाउन शरीरमा माटो दल्दै सामाजिक संजालमा पोस्ट्याएर लोकप्रियताको भिख नमागीकन काठमाडौं आज व्यवस्थित भएको छ । भक्तपुर बनाउन भक्तपुरका मेयरले कसैलाई पनि अपमान नगरिकन सालिनता पुर्वक सौन्दर्ययुक्त भक्तपुर बन्न सफल भयो ।
श्रमदान प्रति कार्लमार्क्स अर्थात मार्क्सवादी दृष्टिकोण –
मार्क्सले श्रमदान कार्यलाई शोषण भनेका छन् । श्रमको मूल्य नतोकीए सम्म श्रमिकको शोषण हो । श्रमदानलाई असमान सम्बन्धको सम्भावित माध्यम मानिएको छ । र सामाजिक तथा आर्थिक संरचना शोषणयुक्त छ भने श्रमदान दमनको औजार हुनसक्छ । श्रमदान प्रति डेमोक्र्याटिक भीमराव अम्बेडकरको मान्यता अनुसार: श्रमको उचित मूल्य तोकिनुपर्छ ! चाहे त्यो बौद्दिक होस् वा शारीरिक । मूल्य बिना गरिएको श्रमले श्रमिकको आत्मसम्मान खण्डित गर्छ । विशेषत्: यदि त्यस्तो श्रम निर्धन , दलित ,वा सिमान्तकृत वर्गबाट अपेक्षा गरिन्छ भने ।
आधुनिक विकासशास्त्री अमर्त्या सेनको मान्यता अनुसार: समान अवसर र चेतानासाथ आधारित हुनुपर्छ । नत्र यसले “अनिवार्य दाङ” को रुप लिन्छ र सामाजिक असमानता बढाउछ । शिक्षाविद पाउलो फ्रेरे को अनुसार : श्रमदान भनेको जानकारी आदान प्रदान होइन , चेतनाको सृजना हो । जब व्यक्ति पारिश्रमिक नलिई श्रम दिन्छ भने त्यो क्रान्तिकारी चेतनाको अभ्यास हो भनेका छन् भने महात्मा गान्धीको अनुसार श्रमदान एक नैतिक अभ्यास हो ।
र श्रमदान आत्मानुभूति र सामाजिक शुद्दिको औजार हो । खैर संसारका विद्द्वानहरुको जे-जस्तो बिचार वा मान्यता भएपनि श्रमदान केवल व्यक्तिको निजि इच्छा र व्यक्तिको स्वतन्त्रतामा निर्भर हुने कुरा हो । तरपनि मूल्य त्यागेर (बिना पारिश्रमिक) आफ्नो श्रम दान गर्नु सहि हो वा गलत ? यसबारेमा समाजशास्त्र नैतिक दर्शन र राजनीतिक अर्थशास्त्रका लागि महत्वपूर्ण बहसको बिषय भने पक्कै हो।
निष्कर्ष :- एक निर्वाचित प्रतिनिधिले जनताको करबाट पाएको जिम्मेवारीलाई ‘सेल्फी अभियान’ मा सीमित गर्नु निराशाजनक हो। श्रमदान राम्रो अभ्यास हो, तर त्यो पारदर्शी, प्रभावकारी र दीर्घकालीन परिणाम दिने हुनुपर्छ। नत्र भने, त्यो ‘भ्रमदान’ मात्रै हुन्छ— जुन नागरिकको विश्वासमा प्रहार हो। हर्क साम्पाङको नेतृत्वप्रतिको जन अपेक्षा अझै मरेको छैन। तर, त्यस्तो अपेक्षा पुरा गर्नका लागि जनमुखी काम, प्रभावकारी नीति र पारदर्शी अभ्यास आवश्यक छन्। नत्र, श्रमदानको नाममा भइरहेको ‘दृश्य निर्माण’ मात्र इतिहासमा ‘नक्कली क्रान्ति’ को रूपमा दर्ज हुनेछ।