
बुद्धशान्ति झापा/अहिले बिहान ९:३० बजे बुद्धशान्ति ३ स्थित सात नम्बर चोकमा बिर्तामोड बाट ईलाम तर्फ गइरहेको प्रदेश नं १-०१-००१ज ३९९५ को माईक्रोले बिपरित दिशाबाट आइरहेको स्थानीय साईकल यात्री लाई ठक्कर दिदा साइकलयात्री गम्भीर घाईते भएको छ। घटना लगत्तै ईलाका प्रहरी कार्यलय बुधबारेको टोलीले सवारी तथा चालकलाई नियन्त्रणमा लिईसकेको र घाईते लाई उपचारार्थ अस्पताल लगिएको छ।