
तिलोचन गौतम
क्वालालम्पुर,मलेसियामा । मलेसियाको पेनाङ राज्यमा रहेको पेनाङ एफ सी फुटबल क्लव द्वारा मलेसिया स्तरीय दोस्रो एन पेनाङ गोल्ड कप हुने भएको छ । इस्लाम धर्मावलम्बीहरुको चाड हरिरायाको अबसर पारेर बिदालाइ सदुपयोग गर्दै खेल क्षेत्रलाइ माथी उठाउने तथा मनोरंजन र स्वास्थ लाई समेत फाइदा पुग्ने हेतुले “स्वास्थ नै धन र स्वास्थका लागि फुटबल” भन्ने स्लिगन सहित गोल्ड कप आयोजना गरिएको आयोजक समितिले जानकारी दिएको छ ।
दुखले नेपालीहरुले कमाएको पैसा सहज सुरक्षीत र भरपर्दिलो माध्याम बनेका सबैले रुचाइएका बित्तिय सस्था आई पे रिमेट र मर्चन्ट्रेडको मनि ट्रान्सफर ले प्रायोजन गरेको दोस्रो पेनाङ गोल्ड कप अहिलेसम्मकै मलेसियामा नेपाली हरु द्वारा आयोजना भएका फुटबल खेल हरु मध्यकै दोस्रो ठूलो खेल रहेको र खेलका माध्यमले आई पे रिमेट र मर्चन्ट्रेडको मनि ट्रान्सफर लाई थप नेपाली हरुमाझ पुर्याउने उदेश्यले खेल लाइ प्रायोजन गरेको आई पे रिमेट मलेसियाका जनरल मेनेजर सुरेस देवकोटाले जानकारी दिनुभयो ।
एहि ३१ मर्च २०२५ देखि अप्रील १ तारिख सम्म हुने तय भएको खेलमा खेल क्षेत्रकै विशिष्ट ब्यक्तित्व हरु अतिथिको रूपमा नेपाल बाटनै आमन्त्रण गरिएका अतिथि हरुमा नेपाली रास्ट्रीय फुटबल टिम का पुर्ब कप्तान हरि खड्का महिला फुटबलर प्रीती राई अनु बस्नेत र अतिथी कलाकारहरु कलाकार बिजय पुन,चाहाना मगर आउने तय भएको आयोजक समिती सचीव शिव खड्काले जानकारी दिए।
आयोजक समितिका अनुसार अहिलेसम्म दर्ता भएका १८ वटा टिम बिच प्रतिस्पर्धा हुने र प्रतियोगिता बिजेता लाइ क्रमश ३० हजार ,उप बिजेता ह १५ हजार मलेसियन रिङ्गेट धन रासि पुरस्कार पाउने खेल स्टेडियम मिनी परमाटाङ रवा जालान परमाटाङ रवा, बन्दर बारु पेर्डा बुकित मर्ताजाम, पुलाउ पेनाङ मा हुने र खेलको लागि सम्पुर्ण तयारी अन्तिम चरणमा रहेको र खेल भब्यताका साथ सम्पन्न हुनेमा बिसस्त रहेको खेल आयोजक समितिले जानकारी दिए ।