नेपाली राजनीतिमा प्रचण्डले केहि ठुला गल्तिहरु गर्दै आएका छन् ! खासगरी शान्ति सम्झौता पश्चात् प्रचण्डबाट भएका गल्तिहरु बारे प्रचण्ड आफैंले पनि स्वीकार गर्दै माफी समेत माग्दै आएका छन् ! रोचक चै के छ भने प्रचण्डको एउटा कला चैं राजनीतिमा अदभुत छ, त्यो हो प्रचण्डले माफी माग्ने कला ! कम्युनिष्ट मेनुफेस्टोमा एउटा स्लोगन छ, त्यो स्लोगन अनुसार – “ गल्ती नगर्ने मानव नै हुदैन, र गल्ती दोहोर्याउने ममानव नै होइन ” ! भनिएको छ ! यो स्लोगन अनुसार कम्युनिष्ट मेनुफेस्टोले प्रचण्डलाइ मानव मान्दैन ! तर उनको यस्तो कला छ कि तुरुन्तै मानव भैदिन्छन ! जब उनि अप्ठ्यारोमा पर्छन तव सधैं त्यागको कुरा गर्छन् तर अध्यक्ष पदमा चाहि म बाहेक अरु हुदैन भन्ने आशय व्यक्त गर्छन् ! झुटो त्याग र झुटो माफीको राजनीतिक चतुर्याइँ उनको अदभुत कला बिसेष नै छ !

उनको माफी माग्ने कला आफैंमा यति सानदार हुन्छ कि उनले मागिरहेको माफीको भाषण सुन्दा बिरोधीहरुलाई समेत एकैछिन भावुक पार्न सक्छन ! लाग्छा कि पहिलोपटक गल्ती गरेका हुन् ! तर उनले मागिरहने माफीले कहिल्यै सान्दर्भिकता भने पाएन ! सान्दर्भिकता नपाउनुको कारण मुख्यतः निर्णयहरुमा मनखुसी वा अर्को शब्दमा केंद्रियतावादको राजनीतिक चरित्र भएको हुदा गल्तिहरु दोहोर्याइरहने प्रबृत्तिले प्रचण्डद्वारा भैरहेको राजनीति वा राजनीतिमा उनले गर्ने राजनीतिक निर्णहरु विश्वसनीय हुन् छोडेको अनुभूत गर्न सकिन्छ !

आन्तरिक पार्टी राजनीतिमा जस्तै दलीय प्रतिस्पर्धामा पनि उनले उपयोगितावादको राजनीति गर्दै आएका हुन् ! व्यक्ति-व्यक्ति भित्र राजनीति गर्न माहिर मानिदै आएका प्रचण्ड यतिखेर भने त्यस प्रबृत्तिको सिकार आफैं भएका छन् ! युद्दाकालिन समयमा पनि आन्तरिक पार्टी राजनीतिमा आफैंले “आलोक प्रबृत्ति” जन्माएर आफ्नो बिरुद्दमा लाग्नेलाइ सफाया गर्न प्रयोग गरे र त्यहि पात्रलाई उनि आफैंले सफाया गरेर आन्तरिक शक्ति आफ्नो मुठ्ठीमा पार्न नेतृत्व केन्द्रिकरणको नीति ल्याएका थिए!

जसबारेमा वैचारिक रुपमा माओवादी आन्दोलनका प्रमुख नेतृत्व तथा टेक्निकल रुपमा दोस्रो नेतृत्व रहेका डा.बाबुराम भटर्राई ले पनि आफ्नो आलेखहरुमा प्रचण्डलाइ स्टालिनवादको संज्ञा दिदै लेख्दै,बोल्दै आएका छन् ! माओवादी आन्दोलन भित्र डा. बाबुराम भटराई ले ‘शान्ति र संविधान’ को कार्यदिशा अघि सार्दा माओवादी भित्रको “प्रचन्ड केन्द्र” ले बाबुराम भटराईलाई कारवाही समेत गरेको तथ्य हामीलाई थाह नहुने कुरै भएन !

बाबुरामले नेतृत्व हत्याउन सक्ने मनोदशाबाट ग्रसित प्रचण्ड केन्द्रले “आलोक प्रबृत्ति मार्फत सफाया अभियान” नै चलाएका थिए, जसबारेमा अहिले पनि धेरै माओवादी नेताहरुले बताउने गर्छन् ! प्रचन्ड यति शक्तिशाली भैसकेका थिए कि उनको बारेमा आलोचना वा बिरोध गर्नेले पार्टी भित्र ज्यान जोगाउन मुस्किल पर्थ्यो भन्नेकुरा नेताहरुकै मुखबाट पनि सुनिएकै हो ! नेतृत्वलाई बलियो नबनाइकन आन्दोलन प्रभावकारी नहुने मान्यताको आधारमा सर्वहारा अधिनाकत्व स्थापित गर्ने नीति अन्तर्गत प्रचण्डलाइ यति शक्तिशाली बनाइयो कि पार्टी भित्र सर्वहारा अधिनायकत्व अधिनायकवादमा रुपान्तरित हुने खतरा भयो !

२०६० सालको प्रारम्भ सम्म आइपुग्दा माओवादी आन्दोलनको सैन्य शक्ति अत्यन्तै रक्षात्मक स्थितिमा आएपछि माओवादी पार्टी भित्र डा. बाबुराम भटराई मार्फत आन्तरिक लोकतन्त्रले बाध्यतापूर्ण जन्म लियो ! पार्टी भित्र “बाबुरामको लोकतन्त्र” नामको थेगो नै बनेको थियो ! यसैबेला हो पार्टी भित्र “दुई लाइन संघर्ष” ले स्थान पाएको ! यसै बिचमा पार्टी भित्र दुई लाइन देखियो ! एउटा तत्कालिन नेकपा माओवादी पार्टी अधक्ष प्रचन्डको लाइन, अर्को पार्टी वरिष्ठ नेता डा. बाबुराम भटराईको लाइन !

प्रचन्डले अघि सारेको बिचार भित्र –‘ “ फौजी संघर्सबाट नै अघि बढ्ने यदि नसकेमा राजासंग मिलेर संसदीय व्यवस्था बिरुद्द संघर्स गर्ने ” लाइन थियो भने, डा. बाबुराम भटराईले संसदवादीदलहरु संग मिलेर शान्ति र संविधानको बाटोबाट अघि बढ्नुपर्ने ल्याएको लाइन बिचमा चलेको संघर्ष चुन्वांग बैठक सम्म आइपुग्दा बाबुरामको लाइनले जितेपछि प्रचण्डले पहिलोपटक आन्तरिक पार्टी राजनीतिमा हार व्यहोर्दै आत्माआलोचित भएका थिए !

खैर , राजनीति भित्र तत्कालिन माओवादी आन्दोलन संग सहमत वा माओवादी आन्दोलन प्रति राजनीतिक आस्था राख्नेहरुको लागि प्रचण्डको भूमिका नकारात्मक भन्दा सकारात्मकताको मात्रा बढी थियो नै यसमा विपक्षहरुको पनि सायद दुइमत नहोला ! किनभने जनयुद्दको नेतृत्व गर्नु र शान्ति प्रक्रिया सम्म पार्टी र आफ्नो पार्टीको राजनीतिलाई सकुसल अवतरण गर्न सक्नु चानचुने मामिला होइन !

समग्रमा जनयुद्द देखि शान्ति सम्झौता सम्म प्रचण्डले निर्वाह गरेको नेतृत्व भूमिका प्रति प्रशंसा नै गर्नुपर्छ, तर खुल्ला राजनीतिमा आइसकेपछि प्रचन्डको नेतृत्व पहिले जस्तो प्रभावकारी नभएको र राजनीतिक एजेण्डाहरु प्रति पनि उनको इमान्दारिता देखिन छोडेको छ ! खुल्ला राजनीतिमा प्रवेश गरे यता प्रचण्डबाट राजनीतिक रुपमा भएका गल्तिहरुकै कारण आजको परिथिति निर्माण भएको निष्कर्ष निकाल्दा पक्कै पनि अन्याय हुदैन होला !

पहिलो गल्ती : स्व. गिरिजा प्र कोइरालालाई रास्ट्रपती स्वीकार नगर्नु-

पहिलो संविधान सभा निर्वाचनमा माओवादीले अप्रत्याशित मत हासिल गरि देशको सबैभन्दा ठुलो दल बन्न सफल भयो ! स्पष्ट बहुमत सहित देशको ठुलो दल भएपनि सरकार बन्न निकै संघर्ष भयो ! सरकार गठनमा संघर्ष हुनुको कारण खासगरी रास्ट्रपती पद कुन दलको हुने बिषय नै प्रमुख थियो ! सभामुख एमालेलाई दिने सहमति भएपनि ठुलो दल हुनुको हिसाबले प्रधानमन्त्री र रास्ट्रपती माओवादीले पाउनुपर्ने अडान र शक्ति सन्तुलनको अवधारणा र दोस्रो ठुलो दलको हिसाबले रास्ट्रपतीमा कांग्रेसको अडान !

रास्ट्रपतीमा कांग्रेसले लिएको अडानको रणनीति स्व. गिराजा प्रसादलाई राजनीतिक सम्मान स्वरूप पहिलो रास्ट्रपती बनाउने कुरालाई माओवादीले बुझ्न पनि सकेन र कांग्रेसको अडानमा माओवादीले सड्यन्त्र देख्यो ! तत्कालिन राजनीतिका टावरिंग व्यक्तित्व तथा सात दलीय मोर्चाको लिडर पनि र जनआन्दोलनको सर्वोच्च नेतृत्व भएको हुदा रास्ट्रपतीमा गिरिजालाई स्विकार्दा राजनीतिक चलखेल हुन् सक्ने माओवादी बुझाइले काम गर्यो र यहि रस्साकस्सीको राजनीतिमा कांग्रेसले रास्ट्रपतीमा डा. रामवरण यादबलाई उम्मेदवार बनायो !

यसबारेमा कांग्रेसको तात्कालिक राजनीति बुझ्न नसक्नु र रास्ट्रपतीमा गिरिजालाई स्विकार गरेर नजानु आफ्नो राजनीतिको सबैभन्दा ठुलो गल्ती भएको बारे प्रचन्डले बेला बेला बोल्दै आएका पनि छन् ! त्यस बखत रास्ट्रपती पदमा गिरिजालाई स्वीकार गरिएको भए राजनीतिक रुपमा माओवादीलाइ नै लाभ मिल्थ्यो र शान्ति प्रक्रिया तथा संविधान निर्माण समयमै हुनुको साथै राजनीतिक सन्तुलन सकारात्मक दिशातर्फ मोडिन सक्थ्यो !

दोस्रो गल्ती : नगर्नुपर्ने कटुवाल प्रकरण-
तत्कालिन सेना प्रमुख रुकमांगत कटुवाल दरवार परस्त पात्रको रुपमा रहेको बुझाइ माओवादी भित्र थियो ! त्यस बखत कटुवाल ले माओवादी लडाकुहरुको बारेमा नकारात्मक टिप्पणीहरु दिने र शान्ति प्रक्रिया बिरुद्दका गतिविधिहरु गर्दै सरकारलाई नै चुनौती दिदै आएका थिए ! शान्ति प्रक्रियामा आइसकेपछि एउटा आम सभामा प्रचण्डले “अब मालिक संगै वार्ता गर्ने, नोकर संग नगर्ने ” भनेर आक्रामक अभिव्यक्ति दिएपछि उग्रवामपन्थको आरोप सहित दलहरले ब्यापक बिरोध र कटुवाल पनि चिढिएको र दलहरु, सेना र सरकार बिचमा यसैको वरिपरी असन्तुलन बढ्दै गएपछि जननिर्वाचित प्रचन्ड नेतृत्व सरकारले कटुवाललाई कारवाही गर्यो र माओवादी एमालेको संयुक्त सरकारले प्रधान सेनापतिमा ‘कुलबहादुर खड्का’लाई नियुक्ति दियो !

प्रचण्ड नेतृत्व सरकारमा एमालेको तर्फबाट बामदेव गौतमले नेतृत्व गरेको उक्त सरकारको क्याबिनेटबाट निर्णय गरि कुलबहादुर खड्कालाई दिएको नियुक्ति बिरुद्दमा एमाले नै खडा भयो र कांग्रेस एमालेबाट नै अर्को व्यक्ति छत्रमान सिंह गुरुङलाई सेनापतीमा खडा गरि रास्ट्रपती रामवरण यादबले हस्तक्षेप गर्दै नियुक्ति पत्र दिएपछि समानान्तर सरकारको स्थिति पैदा हुदा नागरिक सर्वोच्चताको नारा लिएर माओवादीले सरकारबाट राजिनामा दियो !

ठुलो दल भएको माओवादी भित्रको अहम र अहिले नै संसार जित्न सक्ने उग्रवामपन्थ राजनीतिक गतिविधिको कारणले आफ्नो हातमा रहेको परिस्थिति माओवादीले गुमाउनु पर्यो ! उग्रवामपन्थको लहडमा राजनीतिक सन्तुलन बिरुद्द भएको कटुवाल प्रकरणमा प्रचण्डबाट भएको गल्ती उनले स्वीकार गर्ने गरेका छन् !

तेस्रो गल्ती : पार्टी फुटाउने सेना समायोजन-
आन्तरिक पार्टी राजनीतिको केन्द्रमा रहिरहन प्रचन्ड घनघोर सफल भएपनि अन्तर-दलीय खुल्ला राजनीतिक प्रतिस्पर्धामा प्रचन्डको नेतृत्व असफल हुदै गएको थियो ! खुला राजनीतिमा प्रचन्डले लिएका राजनीतिक निर्णहरु खासै प्रभावकारी नहुने र एकपछि अर्को असफल हुदै गएको पाइन्छ ! खुला राजनीतिमा आइसकेपछि पनि पार्टी भित्र अर्को संघर्ष देखा पर्यो ! खासगरी ‘सेना सामायोजन वा संविधान’ एजेण्डामा पार्टी भित्र ब्यापक संघर्ष थियो ! ‘सेना समायोजन वा संविधान’ एजेण्डा भित्र बैचारिक रुपमा प्रचन्ड-बाबुराम एकातिर र मोहन वैध-बादलहरु अर्कोतिर विभाजित हुन् पुगे !

संविधान निर्माण नगरिकन सेना समायोजन गर्दा अन्यायमा परिने र सेना समायोजन पश्चात बनाइने संविधानमा धेरै कुराहरु छुट्ने र कर्मकाण्डी संविधान बन्ने खतरा रहने आंकलन सहित संविधान अगावै समायोजन गर्न नहुने बिचार समुहको नेतृत्व मोहन वैधले गरे ! उता संविधान निर्माणको लागि सेना समायोजन गर्नैपर्ने राजनीतिक बाध्यता आइपरेको कारण संविधान अगावै समायोजनामा जानुपर्ने नत्र समायोजन पनि नहुने संविधान पनि नबन्ने खतरा रहेको हुदा बाबुरामलाई प्रधानमन्त्री बनाएर संविधान अगावै समायोजनमा जाने र बाबुरामकै नेतृत्वमा संविधान निर्माण गर्न सकिने र समायोजन पश्चात बनाइने संविधानमा अधिकतम मुद्दाहरु समेट्न अप्ठ्यारो नपर्ने बिचार समुहको नेतृत्व प्रचन्ड-बाबुरामहरुले गरे !

युद्दकालमा विभाजित भएका प्रचण्ड-बाबुराम शान्ति प्रक्रियाको सेना समायोजन एजेण्डा भित्र संगै उभिए भने मोहन वैधहरु यहि एजेण्डा भित्र विभाजित हुन् पुगे र पार्टी फुट्यो !

याहा सम्म आइपुग्दा प्रचन्ड संसदीय राजनीतिको भासमा परिसकेका थिए ! नेपाली काँग्रेसका तत्कालिन सभापति स्वर्गीय गिरिजा प्रसाद कोइराला ले समायोजन सम्बन्धि सकारात्मक व्यवस्थापन सहित गर्नुभएको प्रस्ताव समयमै स्वीकार नगरेर माओवादीले आफ्नो सेनालाई बार्गेनिंग पावरको रुपमा प्रयोग गर्दा गर्दै आँफै तल पर्यो र समय गुज्रेपछिको अपमानित समायोजनको एजेण्डामा माओवादी भित्र कोलाहल सुरु भएको र पार्टी फुट सम्मको स्थितिमा पुगेको यस अवस्थामा माओवादी भित्र बाबुरामको पल्ला भारि देखेका संसदवादी दलहरुले मौका पारि बाबुरामलाई प्रधानमन्त्री दिएर सेना समायोजन गरिहाल्ने, यसो गर्दा संविधान निर्माणमा माओवादीलाइ पेल्न सकिने योजना सहित प्रधानमन्त्रीमा बाबुरामलाई अघि सारियो ! सेना समायोजन विवाद भित्र फलत पार्टी फुट्यो र कमजोर शक्ति हुदा संविधान निर्माणमा माओवादी आन्दोलनका धेरै एजेण्डाहरु छुट्न पुग्यो र संसदवादी दलहरुको अधिकतम चाहना अनुसारको संविधान निर्माण भयो!

सेना समायोजनको मुद्दामा पार्टी फुट्न सक्ने र राजनीतिक रुपमा पार्टीलाइ ठुलै नोक्सानी हुन् सक्ने कुरालाई तिलान्जली दिएर मोहन वैधहरुलाई प्रतिक्रान्तिकारीको तक्मा जबर्जस्ती भिराएर तत्कालको ठोस अवस्थामा सेना समायोजन गर्नैपर्ने निर्णय आफैंमा प्रतिक्रान्तिकारीपूर्ण वास्तबमै प्रचण्ड नेतृत्वको गलत निर्णय थियो !

सेना समायोजन एजेण्डा भित्र मोहन वैध बिचार समूह प्रति लचक हुदै फरक कोणबाट विमर्श गर्दै पार्टी फुटलाई रोक्न सकेको भए सायद आजको परिस्थिति अनुकुल हुन्थ्यो र माओवादी शक्ति वा आन्दोलन विभाजित हुदैनथ्यो, हुनत यतिखेर यसो भनिरहदा भयानक काल्पनिक भावना हुन् जाला र राजनीतिक रुपमा सौर्य सपना जस्तो पनि ! खैर मोहन वैध बिचार समुहलाई बाइपास गर्दा नोक्सानी व्यहोर्नु परेको त सत्य हो !

चौथो गल्ती : एमाले संग काँचो एकता-
२०७४ सालको निर्वाचन नजिक नेपाली राजनीतिमा एकाएक वामपन्थी ध्रुवीकरण र एकताको चर्चा ल्याएर मिडिया ट्रायल गरियो ! मिडिया ट्रायलमा योजना सफल हुने देखेपछी माओवादी र एमालेले चुनावी तालमेल गर्ने र पार्टी एकता सम्म जाने भनियो ! नभन्दै चुनावी तालमेल गरेर एमाले ठुलो दल र माओवादी ५३ सित सहित तेस्रो दल बन्यो ! यसै बिचमा “को-चियर प्रणाली” अन्तर्गत ६० र ४० को मापदण्ड अनुसार पार्टी एकता गर्ने सहमति पनि भयो !

माओवादी-एमाले एकताको माओवादी रणनीति-
माओवादी आन्दोलन क्षयीकारण हुदै गएको र पार्टीको शक्ति पनि कमजोर हुदै गएकोले यहि अवस्थामा अघि बढ्न नसक्ने निष्कर्ष माओवादीको थियो ! संतोसजनक सिट प्राप्तिको लागि एमाले संग चुनाबी तालमेल गर्नैपर्ने बाध्यतामा माओवादी पुगिसकेको र त्यस अवस्था भएमा एकता गर्दा राम्रै बार्गेनिंग पावर आफुसंग हुने र एमाले भित्रको प्रतिपक्षि माधव-झलनाथ खेमा मिनी माओवादी जस्तै भएकोले केपी ओली समुहबाट प्रताडित भैरहेको एमालेको आन्तरिक राजनीति बुझेका प्रचण्डले दोस्रो अध्यक्षको दर्जा भएपनि एमाले भित्र ४०% लिएर गैसकेपछि मिनी माओवादी जस्तै देखिने माधव-झलनाथ खेमा आफूतिरै आउने र आफ्नो ६०% पुग्ने र नयाँ शक्ति आर्जन गर्न सक्ने वा यदि त्यसो हुन् नसकेमा नेकपा भित्रको एमाले फुटाउन भूमिका खेल्ने रणनीति बोकेर फुल कन्फिड़ेनसका साथ पार्टी एकता गर्ने निर्णयमा पुगे !

माओवादी-एमाले एकताको एमाले रणनीति-
एमालेलाई पहिलो दल बनाउने, यसो गर्नको लागि माओवादी संग चुनाबी तालमेल गर्नैपर्ने थियो ! निश्चित मत संख्या सहित माओवादी एकतामा आइहालेछ भने पनि दोस्रो अध्यक्षको दर्जा सहित ४०% दिएर पार्टी एकता गर्दा फरक नपर्ने र एमाले बिचार मातहत नै रुपान्तरित गर्न सकिने तथा नेकपा भित्र एमाले विचारकै निरन्तरता रहनेकुरामा एमाले भित्र ओली समुहको सामान्य बुझाइ पाइए पनि खासगरी माधव समुहलाई साइजमा राख्ने कुरा नै प्रमुख थियो !

एकता पश्चात प्रचण्ड मार्फत माधव समुहलाई साइजमा राख्ने र माओवादी भित्रका नारंकाजी वा रामबहादुर थापा बादल दुइ मध्ये एक समुहलाई पकडमा लिएर प्रचन्ड समुहलाई एक्ल्याएपछी नेकपालाई एमाले ढाचा मै बदलेर माओवादी समस्या समाधान गर्ने ओली रणनीति थियो भने प्रचन्डलाई पार्टीमा ल्याउदा ओली समुहलाई साइजमा राख्न सकिने तथा माओवादी र माधवको मिनी माओवादीले नेतृत्व कब्जा गर्ने आन्तरिक संघर्ष नै प्रमुख थियो !

यहि रणनीति अन्तर्गत नौं जनाको मात्रै सचिवालय बनाइयो जबकी १३ जना हुने सम्भावना थियो ! नेकपा बनेपछि ओली एमाले र प्रचन्ड माओवादी रणनीति नै सफल भयो ! नेकपा भित्र, को भन्दा को ठुलो कलह जन्माएर घिन लाग्दो खेल खेलेका प्रचण्डले नया शक्ति आर्जन गर्न नसके पनि एमाले फुटाउन सफल भए तर ओली एमालेलाई खासै घाटा भने लागेंन !

सबैभन्दा ठुलो घाटा माधव-झलनाथ समुहलाई भयो, न त ओलीलाई साइजमा राख्न सके न त नेतृत्व कब्जा गर्न नै सके ! अन्ततः पार्टी फुटाएर सानो आकारमा खुम्चिन पुगे ! सबैभन्दा बढी नाफा चै ओली एमालेलाई भयो ! माधव-झलनाथ समूह आफै साइड लागे भने प्रचण्ड माओवादीको बादल सहित केहि नेता आफैं संग राख्न ओली सफल भए !

नेकपा कलहको प्रमुख कारण ओलीको कार्यशैली र संसद बिघटनलाइ भनिए पनि खास अन्तरवस्तु यो थिएन ! युद्दकालमा माओवादी भित्र “आलोक प्रबृत्ति ” जन्मिए जस्तै नेकपा भित्र “ प्रचण्ड प्रबृत्ति “जन्मिएको थियो जसले नेतृत्व हत्याउने अराजनीतिक चलखेलको रणनीतिक एकता गरेको थियो ! दुवै तर्फबाट बेइमानी भएपनि प्रचण्डबाट बढी बेइमानी पुर्वक गरिएको एकताले प्रचन्ड र प्रचण्डको पार्टीलाई राजनीतिक रुपमा दिर्घकालिन घाटा हुन् पुग्यो ! यस्तो बेइमानी पुर्वक गरिएको एकता ठुलो गल्ती थियो !

पाँचौ गल्ती : कांग्रेस संग अप्राकृतिक गठबन्धन

नेकपाको कलह अदालत सम्म प्रबेश भएपछी अदालतले एमाले-प्रचन्ड एकतालाई पुर्वअवस्थामै फर्काइदियो ! ओलीले गरेको संसद बिघटनलाई बदर गर्दै कांग्रेसका सभापती शेर बहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भए ! यसैको वरिपरी कांग्रेस संग गठबन्धन गरेर प्रचण्ड माओवादीले विकृत राजनीतिको पराकाष्ठा नै देखायो ! आफुलाई वामपन्थी दाबी गर्ने माओवादीले दक्षिणपन्थी भन्ने गरेको अर्कै ध्रुवको कांग्रेस संग गठबन्धन गरेपछि राजनीतिक वृत्तमा गम्भीर रुपले प्रश्न उठ्यो र घनिभूत आलोचना भयो !

कम्युनिष्टले मात्रै देशलाई स्वर्ग बनाउन सक्ने दाबी सहित सपना देखाएर बनाइएको झन्डै दुइतिहाको नेकपा तहस-नहस गर्दै पुनः कांग्रेसलाइ सत्ता बुझाउन फर्केका प्रचण्डको राजनीति बहुत घिन लाग्दो त थियो नै वामपन्थी मत प्रति वास्तबमै प्रचण्डबाट चैं प्रतिगमन भएको निष्कर्षको परिणाम स्वरुप कांग्रेस संग गरिएको चुनाबी गठबन्धनबाट प्रचन्ड माओवादीले जम्मा ३२ सिट मात्रै हासिल गर्न सक्यो जबकी एमाले संग चुनाबी तालमेल गर्दा ५३ सिट प्राप्त गरेको थियो !

३२ सिटको अर्थ भनेको नेकपाकालमा प्रचण्ड माओवादीबाट भएको दुखद हर्कतजन्य राजनीति र खासगरी कम्युनिष्ट आन्दोलन प्रति गरिएको बेईमानिपुर्ण राजनीतिको झापड थियो !

छैटौं गल्ती : उपयोगितावादी राजनीति
प्रचण्डले युद्दकाल देखि नै उपयोगितावादको राजनीति गर्दै आएका हुन् ! बाबुराम बिरुद्द बादललाइ उपयोग गर्थे भने बादल बिरुद्द बाबुरामलाई उपयोग गर्थे ! एक अर्कालाई एक अर्का बिरुद्द उपयोग गर्दै आफ्नो फाइदा पुरा गर्न माहिर थिए ! अव्यावहारिक जातीय राज्य दिन्छु भनेर जात जातिलाई पनि उपयोग नगरेको होइन ! जनयुद्द सिथिल हुदै जादा स्वायत्त गणराज्य नाममा जनयुद्द प्रति आकर्षित गर्न जातीय राज्य घोषणा समेत गरेर जनसत्ता गठन गर्दै प्रमुखमा बाबुरामलाई नियुक्त समेत गरे !

थोरै जनसंख्या भएको यति सानो देशमा तामांग, नेवार, खस, मगर, गुरुङ, दलित इत्यादि नामका स्वायत राज्य दिन्छु भनेर आएका प्रचण्डले त्यस प्रति प्राथमिकताका साथ राजनीति नै गरेनन किनकि उनलाई थाह थियो नेपालमा जातीय राज्य सम्भव छैन ! युद्दकालमा गरिएको उपयोगलाई शान्तिकालमा बिसर्जन गरिदिए ! नेपालको परिवेशमा पहिचानको नाममा जातीय राज्य असम्भव भन्दा पनि आवश्यक्ता नरहेको बहुमत बुझाई छ !

खुल्ला राजनीतिको दलीय प्रतिस्पर्धा राजनीतिमा पनि प्रचण्डले उपयोगितावादलाई छोडेका छैनन् ! उपयोगितावादको चरम प्रयोग उनको पछिल्लो राजनीतिले छर्लंग पारेकै छ ! पछिल्लो समय प्रचण्डले निष्ठाको राजनीति भन्दा पनि इगोहर्ट राजनीति अर्को शब्दमा व्यक्तिगत प्रतिष्ठाको राजनीति गर्दै आएका छन् ! देशको प्रायः निर्वाचन क्षेत्र असुरक्षित् महसुस गरेपछि गोरखामा बाबुरामलाई उपयोग गरेर फाइदा लिन सफल भए ! नेकपा गठन प्रक्रियामा त्यहि बाबुरामलाई धोका दिन पुगे !

नेकपा तहस-नहस पछि ३२ सिट बोकेर कांग्रेस र एमालेलाई एक अर्का बिरुद्द उपयोग गरिरहेका छन् ! नेकपा भित्र माधाव-झालानाथाहरुलाई उपयोग गरेका थिए जुन उपयोगितावादले नेकपा सिध्यायो ! जसको कारण प्रचण्ड आफैं गम्भीर संकटतर्फ उन्मुख छन ! यहि र यस्तै प्रबृत्तिको उपज नै ३२ सिट हो ! कम्जोर शक्ति बोकेर कांग्रेस एमालेको दैलो चाहार्दै सत्ता दोहन गर्ने उपयोगितावादको राजनीति प्रचण्डको गम्भीर गल्ती हो !

सातौं गल्ती : सत्ता मोहमा वर्गीय ठगि र एजेण्डा प्रति धोका
खुल्ला राजनीतिमा प्रवेश भैसकेपछि अझ खास गरि संविधान निर्माण पश्चात प्रचण्ड माओवादीले वर्गीय राजनीति गर्दै गरेन भन्दा असान्दर्भिक हुदैन नै होला ! सरकार गिराउने र बनाउने सत्ता मोहमा लिप्त हुदै गएको प्रचन्ड नेतृत्व एजेण्डा प्रति पनि इमान्दार देखिएन ! समानुपातिक निर्वाचन प्रणाली माओवादीकै बलमा स्थापित भएपनि नातावाद र कृपावादको राजनीति मार्फत अरु दलले त दुषित बनाउने नै भए तर माओवादी आफैंले दुषित बनाउदै घिन लाग्दो पार्यो !

संविधानमा समावेशीकरण लिखित भएपनि आफैंले समावेशी सिदान्तलाइ कहिल्यै पालना गरेंन ! संघीय ढाचामा गैसकेपछि प्रदेशलाई अधिकार नदिएर पेन्डुलम बनाउनेमा मलजल गरिरह्यो ! सुधारिएको संसदीय व्यवस्थाको नाम दिएर प्रत्यक्ष निर्वाचित कार्यकारी एजेण्डाको बलि चढाएर संसद्वादीहरु संगै सति जादै अराजकपूर्ण अस्थिर राजनीतिक नीति अवलम्वन गर्यो ! शक्ति कमजोर हुदा सत्ता बाहिर बसेर आफ्नो एजेण्डामा राजनीतिक ध्रुवीकरण गर्नेतर्फको राजनीति अवलम्वन गरेर प्रतिस्पर्धी राजनीतिक दलको रुपमा पार्टीलाइ दिर्घकालिन शक्तिको रुपमा स्थापित गर्नेतर्फ कहिल्यै पाइला चालेंन ! कुन मोडमा गएर पार्टी बिघटन हुने सन्त्रासको राजनीतिक चरित्र प्रदर्शन भैरहनुले पनि प्रचण्डको शक्ति दिर्घकालिन नदेखिएको हो !

२०७२ सालमा प्रत्यक्ष निर्वाचित कार्यकारी एजेण्डालाइ संविधान निर्माण गर्दा ‘नोट अफ डिसेन्ट’ राखेको भनियो ! यदि नोट अफ डिसेन्ट राखेको भए ‘सुधारिएको संसदीय व्यवस्था’ भनेर आफैंले किन घोषणा गरेको ? यो ठगि नभए केहो ? यो धोका नभए केहो ? यदि ठगि र धोका होइन भने यो मुद्दामा प्रचण्डले आजसम्म किन पहल नलिएको ?

कम्जोर शक्ति लिएर बिभित समयमा सत्ता दोहन गर्न जानुको सट्टा एजेण्डागत ध्रुवीकरण र इमान्दार एकता गर्दै प्रतिपक्षमा बसेर आफ्नो एजेण्डाहरुमा केन्द्रित राजनीति गर्दै आएको भए आजको परिस्थिति सायद अर्कै हुन् सक्थ्यो अथवा राजनीति यति बिघ्न दुषित पक्कै हुदैनथ्यो !

आफु र आफ्नो पार्टी सर्वहारावर्गको मसिया दाबी गर्दै आएको माओवादी शान्ति प्रक्रियामा आएपछिको पछिल्लो समय पुजिवादी ढाचामा रुपान्तरित भएको आम अनुभव छ ! प्रचण्ड आफैंले लगाउने हातको घडी देखि खुट्टाको जुत्ता सम्मले पूजीवादको प्रतिनिधित्व गरिरहेको छ भने अरु नेताहरुको त के कुरा गराई भो ! आज उनकै पार्टी र पार्टीका नेताहरुको सम्पती हेर्ने हो भने इमान्दारिताको सम्पती देखिदैन ! प्रचण्ड आफैंले नातिलाई महँगो स्कुलमा पढाइ रहेको बारेमा त सार्वजनिक आलोचना भएकै थियो !

प्रचण्ड सहितका माओवादी नेताहरुको जीवनशैली आजभन्दा १० बर्ष अगाडी र १० बर्ष पछाडीको समयको अन्तर भित्र हेर्ने हो भने पनि माओवादी बिग्रिएको कारण सबैसामु स्पष्ट छ ! यति सम्म बिग्रियो कि माओवादी नेता देवेन्द्र पौडेल सुनिलले आफ्नो छोरीलाई विदेश अध्यापन गर्न पठाएर देशको शिक्षा मन्त्री समेत खान भ्याए, यो माओवादी आन्दोलन कै हास्यास्पद र लज्जास्पद दृष्य थियो ! गणतन्त्र स्थापित भएपछी धेरै पटक सरकारमा सामेल भएको माओवादीले मेडिकल क्षेत्रमा काम नै गरेंन तर आफु र आफ्नै नेताहरुलाई उपचार गर्न चैं बिदेश पठायो !

शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तनको एजेण्डा बोकेको माओवादीले यो क्षेत्रमा कहिल्यै काम गरेंन ! कम्जोर शक्ति र अल्पमतमा रहेको बहानाबाजी भित्र ठगी राजनीतिमा गणतन्त्र जस्ता आफ्नै वर्गीय एजेन्डाहरुलाई धुमिल पार्ने तथाकथित राजनीतिक जालमा रुमल्लिरह्यो ! सर्वहारा र कम्युनिष्ट चरित्रको सिद्दान्त बिपरित माओवादी जीवनशैली जस्ता इत्यादि प्रवृत्तिका कारणहरु वर्ग र एजेण्डा प्रति गरेको गल्ती थियो !

सुझाव :
उपयोगितावाद र धोकाको राजनीति, पूर्ण त्यागेर एजेण्डामा केन्द्रिकृत हुने हो भने प्रचन्ड माओवादीको लागि सुनौलो अवसर पनि छ ! कांग्रेसका माननीय रमेश लेखक ले संसदमा भनेको कुरा सम्झने हो भने यतिखेर प्रचण्डबाट धोका पाउदै आएकाहरु एक ठाउमा उभिएका छन् ! उनले भनेका थिए;- सम्माननीय प्रधानमन्त्री प्रचन्ड ज्यू तपाइँबाट धोका पाएका सबै एक ठाउ उभिए भने तपाइको हालत के हुन्छ ? भनि प्रश्न गरेका थिए ! यहि प्रश्नलाई आधार मानेर केलाउने हो भने आगामी राजनीति प्रचण्डको लागि सहज देखिदैन तथापि सुनौलो अवसर पनि उत्तिकै छ !

यहि असार १७ गते प्रचण्डबाट धोका पाएका कांग्रेस र एमाले संविधान संसोधनको एजेण्डा लिएर एक ठाउ उभिएका छन् ! दुइ दलीय अभ्यासको जिकिर गर्दै निर्वाचन प्राणाली सुधार गर्नुपर्ने कुरा सहित कांग्रेस एमाले समीकरण सहमतिको आकर्षक एजेण्डा हो ! झट्ट हेर्दा यो सहमति राम्रो देखिएता पनि मुलत प्रचण्डलाइ एक्ल्याउने रणनीति अन्तर्गत नै छ भन्दा ठिकै होला ! तरपनि प्रचण्डलाइ एक्ल्याउने रणनीति भित्र साच्चै संविधान संसोधन भएर संविधानमा आवश्यक सुधार गर्न सके सबैभन्दा राम्रो हुनेछ ! तर राजनीति त्यति सहज पक्कै हुदैन !

प्रचण्ड सहित समग्र माओवादी घटकको सहमति बेगर संविधान संसोधन सजिलो छैन ! यहि मौकालाई अवसरमा बदलेर प्रचण्ड सहित माओवादी घटकहरुले संघियतामा पुनर्विचार गर्दै प्रत्यक्ष निर्वाचित साशाकीय प्रणाली एजेण्डामा सरकार बाहिर बसेर आगामी निर्वाचन सम्म शक्ति आर्जनको कार्यनीति तर्जुमा गर्दै प्रत्यक्ष साशकीय पद्दतिमा केन्द्रित रहि ३२ सिटबाट उक्लिनको लागि संसदीय व्यवस्था बिरुद्द संविधान संसोधनको एजेण्डा बलियो बनाउनुको प्रचण्ड संग अब अरु विकल्प नै छैन ! तर अब पनि अरु पार्टीको दैलो चाहार्ने र कम्जोर शक्ति बोकेर उपयोगितावादको अस्थिर राजनीति मार्फत संसार जित्ने तथाकथित राजनीतिकै निरन्तरता रहिरहने हो भने प्रचन्डको नाममा रहेको उनको पार्टीको बिघटन र उनको आफ्नै अवसान निश्चित छ ! त्यसैले प्रचन्ड माओवादीले आफ्नो आंगको भैसी देख्दै सार्वजनिक आत्माआलोचना सहित माओवादी आन्दोलनलाई संगठित गर्न सकेमा मात्रै राजनीतिक भविष्य सुरक्षित् हुन सक्ला !

अबको राजनीति संविधान संसोधन तर्फ मोडिएको हुदा संविधान संसोधन एजेन्डा राजनीतिको प्रमुख एजेन्डा हुने कुरामा दुइमत छैन ! किनभने देशको दुइ ठुला पार्टीहरु नै संसोधनको राजनीतिमा प्रवेश गरिसकेपछि अबको राजनीतिक माहोल संविधान संसोधनमा केन्द्रित हुनेकुरा निश्चित छ ! यहि मौकामा माओवादी घटकहरुले सार्वजनिक क्षमायाचना सहित संविधान संसोधनको राजनीतिमा प्रत्यक्ष निर्वाचित कार्यकारी साशकिय व्यवस्था स्थापितको एजेन्डामा माओवादी घटकहरु एक ठाउमा उभिएर यो कांग्रेस – एमाले समिकरले दिएको चुनौतीलाइ अवसरमा बदलेर सदुपयोग गर्ने अब यो एउटा मात्रै विकल्प प्रचण्ड संग छ !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय