केहि दिन अघि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष ‘कैलाश सिरोहिया’लाई अदालतले पक्राउ पुर्जी जारि गर्दै कान्तिपुरको कार्यालयमै गएर प्रहरीले पक्राउ गर्यो ! कैलाश सिरोहिया पक्राउ पश्चात् सबै मिडियाहरुले “तथ्य डग्दैन कलम झुक्दैन” स्लोगनको हेडलाइन सहित चिहानमा गाडिएको “प्रेस स्वतन्त्रता”को नारा एकाएक चिहानबाट उठेर आयो ! सिरोहिया पक्राउ पश्चात सम्पादकहरुको हेडलाइन आक्रमण र नेपाली कांग्रेसको नैतिकहीन अराजकपूर्ण राजनीतिक हमला प्रति म जस्तो आम नागरिकको गम्भीर असहमति हुनुपर्दछ !
सिरोहिया पक्राउको पृष्टभूमि: र छोप्न खोजेको तथ्य-
याहा उल्लेखित तथ्यहरु तथा आधारहरु संचार माध्यममा सार्वजनिक भए अनुसार २०८१ बैशाख १६ गते जिल्ला प्रहरी कार्यालय धनुषामा कान्तिपुर मिडिया हाउसका मालिक कैलाश सिरोहिया बिरुद्द जाहेरी दरखास्त दर्ता भएको थियो ! उक्त जाहेरीमा झुठो विवरण पेश गरि बिदेशी नागरिकले किर्ते नागरिता बनाई प्रचलनमा ल्याइरहेको हुदा नागरिकता ऐन अनुसार कारवाही गरिपाउँ भनि जाहेरी परेको हामि सबैलाई थाह छ !
यसरि परेको जाहेरी बाहिरिएपछि पनि सम्पादकहरुले नझुक्ने कलम झुकाएको र नडग्ने तथ्य एकाएक लुकाउँदा पनि खबर बाहिरिएको भोलिपल्टनै आरोपी सिरोहिया आफैंले “मेरो भनाइ” शिर्षकमा फेसबुकमा बिज्ञप्ति प्रकाशन गरेका थिए ! उनले आफैं पोस्ट गरेको बिज्ञप्तिमा नागरिकता किर्ते गरेको बलियो प्रमाण त्यो बिज्ञप्तिमा भेटिन्छ !
उक्त बिज्ञप्तिमा २०३३-२०३४ सालमा राज्यले नागरिकता अभिलेखीकरण संकलन गरेको र त्यहि अभिलेखीकरणको अनुसार २०३६ सालमा नागरिकता लिएको भनेर उल्लेख गरेका थिए तर २०३६ सालमा नागरिकता लिदा सिरोहियाको जन्ममिति २०१९ उल्लेख छ ! जतिबेला सिरोहिया १६ बर्ष नपुगे पनि १८ बर्ष पुगेको भनि नागरिकता लिएको प्रमाणित प्रमाण उनले आफै फेसबुकमा पोस्ट गरेका थिए !
सिरोहियाको मतदाता नामावली विवरण:
सिरोहियाको मतदाता नामावली विवरण हेर्दा ३९४ नम्बरमा देखिएको सिरोहियाको विवरणमा हिमालयन रि-इन्सुरेन्सलाइ दिएको नागरिकताको विवरण भेटिदैन ! उनले हिमालय रि-इन्सुरेन्सलाइ दिएको नागरिकता नम्बरमा सिरोहियाको कुनैपनि विवरण भेटिदैन ! तर उनको अर्को नागरिकता नम्बर ३९६९८८८६ मा सिरोहियाको सम्पूर्ण विवरणको रेकर्ड भेटिन्छ ! अब कि त ३९६९८८८६ नम्बरको नागरिकता नक्कली हो कि त हिमालयन रि-इन्सुरेन्सलाइ दिएको विवरणको नागरिकता नक्कली हो!
सिरोहियाको रास्ट्रीय परिचय-पत्र-
सिरोहियाको रास्ट्रीय परिचयपत्र हेर्दा उनले हिमालय रि-इन्सुरेन्सलाइ दिएको नागरिकता रेकर्ड अनुसार उनको रास्ट्रीय परिचयपत्र पनि भेटिदैन तर यसमा पनि उनको अर्को नागरिकता नम्बर ३९६९८८८६ मा रास्ट्रीय परिचयपत्रको विवरण फेला पर्छ !
सिरोहियाको ड्राइभिङ लाइसेन्स-
सिरोहियाको ड्राइभिङ लाइसेन्समा पनि उनको सोहि नागरिकता नम्बर उल्लेख भएको पाइन्छ जुन उनको अर्को नागरिकता नम्बर ३९६९८८८६ हो ! तीनवटा सरकारी निकायको रेकर्डमा सिरोहियाको नागरिकता नम्बर ३९६९८८८६ नै भेटिन्छ ! तर सिरोहियाले अन्य निकाय तथा आफुले लगानी गरेको वा आफु सेयर रहेको कम्पनिहरुमा दिएको नागरिकता विवरण बेग्लै भएको र उक्त विवरण भेटिदैन ! याहाबाट के प्रस्ट हुन्छ भने सिरोहियाले दुईवटा नागरिकता प्रयोग गरिरहेको प्रमाणको आधार देखिन्छ !
एउटा नागरिकता नम्बरका दुई व्यक्ति-
सिरोहियाले प्राप्त गरेको नागरिकता नम्बर ३९६९८८८६ चैं धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा न.२ मतदान केन्द्र भएको व्यक्ति “सिबाजी साहु तेली” नाम गरेको व्यक्तिको नाममा नागरिकता नम्बर भेटिन्छ जुन नम्बर सिरोहियाको मतदाता नामावली , राष्ट्रिय परिचयपत्र र ड्राइभिङ लाइसेन्स यो तीनवटा सरकारी कागजातमा फेला परेको छ जुन नम्बर कैलाश सिरोहियाले पाएको नागरिकता नम्बर ३९६९८८८६ हो !
सिरोहियाको नागरिकता जारि मिति-
सिरोहियाले लिएको नागरिकतामा जारि मिति र जारि गर्ने अधिकृतको नाम समेत उल्लेख छैन मात्र २०३३-२०३४ को रेकर्ड अनुसार मात्रै भनिएको छ भने सोहि नागरिकता नम्बर भएको सिबाजी साहु तेली व्यक्तिको नागरिकतामा जारि मिति २०३६/०५/२० गते छ र जारि गर्ने अधिकृतको नाम र हस्ताक्षर पनि उल्लेख छ ! एकै सालमा जारि भएको दुईवटा नागरिकता भित्र सिरोहियाको नागरिकतामा जारि मिति र अधिकृतको नाम र हस्ताक्षर नभएको तर त्यहि नम्बरको अर्को नागरिकतामा जारि मिति र अधिकृतको नाम सहित हस्ताक्षर भएको प्रमाण छ !
सिरोहियाको सरकारी ढड्डा रेकर्ड-
सिरोहियाले २०५७ सालमा प्रतिलिपि निकाल्दा पेश गरेको विवरण अनुसार ढड्ड़ामा पनि सिरोहियाको नागरिकता २०३३-२०३४ को रेकर्ड अनुसार भनि उल्लेख भएको छ तर यसमा पनि सरकारी अधिकृतको नाम र हस्ताक्षर केहिपनि नभएको प्रमाण छ ! तर सोहि ढड्ड़ाको पन्नामा दुइ जनाको रेकर्ड छ सिरोहियाको रेकर्डमा अधिकृतको नाम र हस्ताक्षर छैन भने अर्को व्यक्तिको रेकर्डमा अधिकृतको नाम र हस्ताक्षर प्रस्ट छ !
सिरोहियाले कसको सरकार हुदा नागरिकता लिए ?
सिरोहियाले जारि मिति नभएको र अधिकृतको हस्ताक्षर र नाम पनि नभएको नागरिकाताको प्रतिलिपि २०५७ सालमा लिदाको बखत नेपाली काँग्रेसको सरकार थियो उक्त सरकारको प्रधानमन्त्री स्व.गिरिजा प्रसाद कोइराला थिए भने गृहमन्त्री अहिलेका रास्ट्रपति रामचन्द्र पौडेल थिए !
अब यति कुरा सहितको पृष्टभूमि हुदाहुदै अरुको जुम्रा समेत देख्ने कान्तिपुर मिडिया र तमाम सम्पादकहरूको कलम किन झुक्यो र तथ्य किन डग्यो ? अर्काको जुम्रा केलाउने सम्पादकहरुले आफ्नो भैंसी छाडा भएपछी पक्राउ परेको यथार्थ लुकाएर प्रेस स्वतन्त्रताको विज्ञापन गर्दै मिडियाको माफिया स्वतन्त्रता कायम गर्न खोजेको प्रस्ट बुझ्न कठिनाइ छैन !
प्रेस स्वतन्त्रताको धन्दा भित्र प्रेसलाई नै गरिएको अन्याय र कांग्रेसको दोहोरो चरित्र-
जब-जब ठुला मिडियाहरु प्रति प्रश्न उठ्छ वा धन्दामा संकट आइपर्छ तव-तव प्रेस स्वतन्त्रताको चौतर्फी बाजा बज्न थाल्छ ! मानौ प्रेस स्वतन्त्रा मिडिया मालिक र सम्पादकहरुको पकेटको सम्पति हो झैँ! ब्याल्क्मेलिंग र मिडिया दादागिरी गर्न पाउनुनै प्रेस स्वतन्त्रता भएको जस्तो भाष्य स्थापित हुन् खोज्नु समग्र पत्रकारिता जगतको लागि निकै दुखदायी र चिन्ताको बिषय भित्र प्रबेश छौं हामी !
जसरि गृहमन्त्री रबि लामिछाने संबद्द सहकारिको बारेमा खोतालाखुतुल गरेर जुम्रा सम्म केलाएर हेडलाइन बनाउने सम्पादकहरुले सिरोहियाको नागरिकता बारेमा प्रमाणका प्रस्ट आधारहरु सहित प्रश्न उठ्दा समेत प्रेस स्वतन्त्रता अन्तर्गत सम्पादकको कलमबाट हेडलाइन निस्केंन ! प्रेस स्वतन्त्रताको नाउँमा जथाभावी हेडलाइन सम्पादन गर्ने सम्पादकहरूले आफ्नो मालिक प्रति कहिल्यै कलमको टुप्पो तेर्स्याएर प्रेस स्वतन्त्रताको सहि हेडलाइन प्रकाशन गर्दै गरेनन् !
तत्कालिन समाचार प्रस्तोता मिडियाकर्मी रबि लामिछाने सिरोहिया भन्दा अझै निर्मम तरिकाबाट पक्राउ परेका थिए ! रबि लामिछानेलाइ समाचार कक्षबाटै पक्राउ गरिदा कान्तिपुर र सम्पादकहरु ले प्रेस स्वतन्त्रतालाइ त्यस बखत ससुरालीले दिएको दाइजो झैँ आ-आफ्नो पकेटमा थन्क्याउदै चुपचाप आनन्द लिएको त्यो समय सायदै कसैले बिर्सिएको छैन होला ! सिरोहिया पक्राउ पर्दा उनलाई भेट्न कान्तिपुर कार्यालय धाउने नेपाली काँग्रेस रबि लामिछाने पक्राउ पर्दा त्यस बखत मस्त निन्द्रामा सुतेको थियो ! रबि लामिछाने पक्राउ पर्दा नेपाली काँग्रेसले प्रेस स्वतन्त्रता भन्ने जिनिस काँग्रेसको आइडोलोजिमै नभएको जस्तो व्यवहार प्रदर्शन गरेको पनि बिर्सिएको छैन !
२०८१ बैशाख १३ गते “द डार्क फाइल” नामक समाचार र भिडियो बाहिरिएको थियो ! स्टिंग अप्रेसन गरिएको अर्थात गोप्य रेकर्ड गरिएको उक्त अडियो सार्वजनिक हुदा सर्वोच्च अदालतका ४ जना न्यायाधीश सहित तत्कालिन प्रधानन्यायाधीश समेत रहेको समाचारमा उल्लेख थियो ! जसमा ४ सय जनाले भ्रस्टाचार गरेको र उक्त मुद्दा २०७४ सालमा अदालतमा प्रबेश भएको र सो बारे मोलमोलाई गर्न सिरोहिया सहित २०७७ सालमा गोप्य मिटिंग बसेको रेकर्ड सहित सार्वजनिक भएपछि सार्वजनिक गर्ने सिधाकुरा कार्यक्रमका पत्रकार र संबन्धित मिडियालाई २४ घण्टा भित्र प्रसारणमा आएको श्रब्य दृष्य हटाउ भनेर प्रेस काउन्सिल र आदलतले त पूर्ण पाठ सहित आदेश दिएको थियो र समाचार प्रसारण गर्ने मिडिया र पत्रकारलाई मुद्दा समेत हालिएको थियो !
यस बारेमा सिरोहियाका तमाम सम्पादकहरु र कान्तिपुरले सहकारी जस्तै जुम्रा जुम्रा केलाएर प्रेस स्वतन्त्रता हनन् भयो भनेर ठुलो ठुलो शब्दमा हेडलाइन बनाएको पाइएन ! र कांग्रेसले पनि ४ सय जना भ्रस्टाचारमा संलग्न भएको द डार्क फाइल बारेमा ठुलो ठुलो स्वरमा कराउदै संसदमा कहिल्यै बोलेंन र संसदीय छानबिन समितिको माग गरेको पनि पाइएन !
देशभरी करिब ३७ हजार सहकारीहरू छन् जसमध्य अधिकांस सहकारीले बचतकर्ताको रकम हिनामिना गरेका छन् तर काँग्रेसले रबि लामिछाने संलग्न सहकारी मात्रैमा केन्द्रित भएर व्यक्तिवादी राजनीति गर्दै अन्य सहकारीहरू तर्फ अनदेखा गर्नु र आफ्नै पार्टी भित्रका नेताहरुबाट भएको भ्रस्टाचार काण्डका समाचारहरु प्रति मौन बस्दै प्रेस संग संबन्धित मुद्दाहरुमा पनि दोहोरो चरित्र देखाउनुले कांग्रेसको नियत सत्ताबाट बाहिरुनु परेको अराजकपूर्ण पिडावोधमा माफिया स्वतन्त्रालाइ बढावा दिदै राजनीतिक रिसईबी साँधेर मिडिया र कांग्रेसले एक अर्कालाई साथ दिदै सिरोहियालाई किर्ते नागरिकता प्रयोग गरेको अभियोगमा पक्राउ गर्दा तमाम सम्पादकहरूको निन्द्रा भोक हराएको र काँग्रेसले अराजकपूर्ण चरित्र प्रदर्शन गरेको देख्दा मिडियाको माफिया स्वतन्त्रताको वाकालात र लोकतान्त्रिक सुशासन प्रति मजाक गरिरहेको अनुभूति भएको छ !
कान्तिपुरकै सहितका मिडियाको ठुला हेडलाइनहरु प्रति कांग्रेसको मौनता-
कान्तिपुरले सहकारी ठगी प्रकरणको हेडलाइन प्रकाशन गर्नुभन्दा आगाडी झन् ठुला ठुला हेडलाइन प्रकाशन गर्दै गिरिबंधु टि-स्टेट काण्ड, बालुवाटार जग्गा काण्ड , बालकुमारी जग्गा काण्ड , टेरामक्स काण्ड , वाइडबडी घोटाला काण्ड , देउवा पत्नी आरजु देउवा मुछिएको टिकापुर जग्गा काण्ड, लास पोल्ने मासिन खरिदमा भएको भ्रस्टाचार इत्यादि बिषयमा कान्तिपुरले निकालेको बढे-बढे हेडलाइन बारेमा कांग्रेसले संसदमा चिच्याउदै संसदीय छानबिन समितिको माग कहिल्यै गरेन, र जहिल्यै मौन बसेको कांग्रेस एउटा रबि लामिछाने संलग्न सहकारीबारे हेडलाइन आउदा कांग्रेस भित्र एकाएक तथाकथित क्रान्तिकारीता प्रकट भएको उदेकलाग्दो दृष्य देखिरहेका छौं ! नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहरिएका आफ्नै पार्टीको तथाकथित नेता बालकृष्ण खाँणलाइ निलम्बन गर्न नसकेको कांग्रेसले सिरोहिया पक्राउ पर्दा लगाएको प्रेस स्वतन्त्रताको रटान र सहकारी ठगी बिरुद्द संसदीय छानबिनको माग आफैमा लज्जास्पद र हास्यास्पद रुपमा नजिर दिन खोज्दैछ !
सिरोहिया सबैभन्दा ठुलो माछा-
नेपालको हरेक वृत्तमा सधैं ठुलो माछाको चर्चा हुने गरेको थियो ! केहिदिन यताको घटना र घटनाले प्रकट गराएको चित्र र चरित्रहरुको मूल्यांकन गर्दा समातिनै पर्ने सबैभन्दा ठुलो माछा कैलाश सिरोहिया नै रहेछन भन्ने पुष्टी हुन् आयो ! सिरोहियाको पक्राउ पश्चात् कांग्रेस सहित सम्पूर्ण राजनीतिक दलहरुको प्रस्तुति र दलहरुले सिरोहियाको पक्षमा दिईरहेको बिज्ञप्तिहरु अनुसार कान्तिपुर मार्फत नेपालको राजनीतिमा कति हदसम्मको लगानी रहेछ भन्ने कुरा सहजै अनुमान लगाउन अकिन्छ ! नत्रभने किर्ते नागरिकता प्रयोग गरेको अभियोगमा एउटा व्यक्ति पक्राउ पर्दा यति बिघ्न रुपमा बिज्ञप्तिहरु आउने थियनन ! कतिपय दलहरुले संस्थागत बिज्ञप्ति ननिकाले पनि उक्त दलभित्रका नेताहरुले व्यक्तिगत बिरोध सिरोहियाको पक्षमा लागातार दिइरहेका छन् !
सिरोहियाको पक्षमा राजनीतिक वृत्त मात्र नभएर बौदिक वर्ग, कलाकारिता, प्राध्यापक संगठन समेतले बिरोध गरेको पाइयो ! अझ रोचक त कुरा चैं बार एसोसियसन समेतले सिरोहिया पक्राउको बिरोध गर्यो ! यसले पनि के देखाउछ भने ब्यापक लगानीद्वारा नेपालको हरेक सत्ता र निकायमा कान्तिपुर मार्फत नियन्त्रणमा राखिदै आएको र त्यसको प्रमुख मिडिया कान्तिपुर भएको र प्रमुख पात्र सिरोहिया रहेको आधारहरु अन्तर्गत सिरोहिया नै सबैभन्दा ठुलो माछा हुन् भन्नेकुरा सिद्द हुन्छ !
सिरोहियाको पक्षमा अन्तर्राष्ट्रिय बिरोध-
सिरोहिया पक्राउ भएको भोलिपल्ट अमेरिकी दुतावासले घुमारो शैलीमा सिरोहिया पक्राउको बिरोध गर्यो ! दुतावासले आफ्नो बिज्ञप्तिमा “ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता जवाफदेही र पारदर्शिता मार्गदर्शक सिदान्तहरु हुन् “ भनि चालाकिपूर्ण बिज्ञप्ति दियो !
यस्तै अन्तराष्ट्रिय फेडरेसन अफ जर्नलिस्ट (INTERNATIONAL FEDERATION OF JOURNALISTS) पत्रकारहरुको अन्तराष्ट्रिय संगठन सहित अन्य अन्तर्राष्ट्रिय प्रेस संगठनहरुलेले पनि सिरोहियाको गिरफ्तारीलाइ चिन्ताको बिषय भनि बिरोध गर्दै मिडियाको माफिया स्वतन्त्रतालाई बढावा दिएर किर्ते नागरिकता अभियोगलाइ अस्वीकार गर्यो भने भारतले पनि अन्डर द टेबल सिरोहियाकै समर्थनमा अपूर्ण भाषाद्वारा मलजल गरेको छ ! नेपालको राजनीतिलाई सधैं अस्थिर र अनिर्णयको बन्दि किन र कसरि राखिदो रहेछ र सत्ताको चाबी कहाँ र को संग रहदो रहेछ भन्ने कुरा पनि सिरोहिया पक्राउ सन्दर्भमा पोखिएका प्रकटका चित्र-चरित्रहरूले छर्लंग बनायो !
संविधान जारि हुनुपूर्व मधेशमा किन आगो बल्यो ? टिकापुर हत्याकाण्ड किन घटाइयो ? भारतबाट रंजित रे हतार हतार नेपाल किन आय ? नेपालमा जातीय दंगाको स्थिति किन पैदा हुन् खोज्या थियो ? नाकाबन्दी किन भयो ? चाइनाने विशेष दुत नै किन पठायो ? MCC बिरुद्द उभिएका केहि राजनीतिक दलहरु एकाएक व्याख्यात्मक सहितको निर्णयमा किन पुगे जस्ता घटनाहरु समझदा सिरोहिया पक्राउ बिरुद्दमा सबै शक्तिहरु एकै ठाउमा उभिनुले नेपालको सत्ता राजनीति नेपाली र नेपालको राजनीतिक दलहरुको हातमा छैन रहेछ भन्ने सत्य उजागर हुन् पुग्यो ! मिडिया हाउसका एकजना व्यक्तिको गिरफ्तारी हुदा प्रेस स्वतन्त्रता संकटमा पर्ने र राजनीतिको एउटा नेता गिरफ्तारी हुदा लोकतन्त्र खतरामा पर्ने भाष्य जबर्जस्ती स्थापित गर्ने माफिया राजको सिद्दान्त र कांग्रेस सहितको दलीय चरित्र संग अब हामी सचेत हुदै परिचित भैसकेका छौं !
फेरी सिरोहिया तर्फ नै लागौं-
गृहमन्त्री रबि लामिछाने ले प्रतिशोधकै लागि सिरोहियालाई पक्राउ गराएका हुन् ? हुन भने गृहमन्त्रीको आदेशलाइ अदालतले स्वीकार गर्योहोला ? गृहमन्त्रीको आदेश मानेर अदालतले पक्राउ पुर्जी काट्योहोला ? के यस्तो हुन्सक्छ ?
पहिलो कुरा: कुनैपनि नागरिकलाई निगरानी गर्न वा संकाष्पद गरिविधि देखिएमा वा त्यस्तो कुनै उजुरी परेको अवस्थामा वा गृहमन्त्रीले संवेदनशील सुचना प्राप्त गरेको अवस्थामा आवस्यक प्रमाण जुटाउनको लागि प्रहरीलाई निर्देशन दिन सक्ने अधिकार रहन्छ तर कसैलाई आवस्यक प्रमाण बिना पक्राउ गर्ने अधिकार वा पक्राउ गर्न आदेश दिने अधिकार गृहमन्त्रीलाई समेत हुदैन भन्ने सामान्य ज्ञान सम्पादकहरू र कांग्रेसलाई थाह नभएको होइन !
कुनै व्यक्ति उपर परेको उजुरीको आधारमा गृहमन्त्रीको आदेशमा प्रहरीले आवस्यक अनुसन्धान गरि जुटेको प्रमाणहरु अदालतमा पेश गरि पेश गरेको आधारहरु अदालतलाई उपयुक्त लाग्यो भने मात्रै अदालतले पक्राउ गर भनेर पक्राउ पुर्जी दिने प्रक्रियागत न्यायिक नियम र परम्परा छ ! यस हिसाबले प्रतिशोध साँध्न खोजेको त कान्तिपुर र कांग्रेस ले देखिन्छ !
किर्ते नागरिकता भएको थप प्रमाणहरु-
१. सिरोहियाले ३९६९८८८६ नम्बरको नागरिकता लिनु पुर्व नै सोहि नम्बरको नागरिकता पहिल्यै फरक व्यक्तिको नाउमा जारि भैसकेको !
२.सरकारी ढड्ड़ा अर्थात दर्ता किताब अनुसार सिरोहियाको बाबु आमा बिदेशी भएको र बिदेशी बाबु आमा बाट नेपालमा जन्मिएको नागरिकको नागरिकता दर्ता किताबमा दर्ता भएको पाइयो ! अर्थात् सिरोहियाको बाबु आमा अंगिकृत नागरिक भएको व्यहोरा सरकारी दर्ता किताबमा उल्लेख छ !
३.सिरोहियाको बाबु घासीराम सिरोहियाको अरु सन्तानहरु गोपाल प्रसाद सिरोहिया, गोबिन्द प्रसाद सिरोहिया र पुनम कुमारी सिरोहियाको नागरिकता अंगिकृत नेपाली भएको तर कैलाश सिरोहियाको नागरिकता चैं जन्मसिद्द बंशज देखिएको छ ! अब प्रश्न उठ्छ एउटा बाबुले जन्माएको दुइजना सन्तानको नागरिकता अंगिकृत तर अर्को सन्तान कैलाश सिरोहियाको नागरिकता बंशज कसरि भयो ?
यतिसारा कुराहरु लुकाएर सम्पादकहरू तथ्य डग्दैन कलम झुक्दैन भन्छन् ! अर्कोतर्फ कांग्रेसले लाज पचाएर केटाकेटी पन प्रदर्शन गरिरहेकै छ !
अन्तमा:-
सहकारी ठगी वा अनेकन भ्रस्टाचारका बिषयहरु उपर सघन छलफल गर्दै कम्तिमा २०४६ साल यताका सबै मामिलाहरुमा छानवीन गर्नेगरी समग्र प्याकेजमै समाधान दिनेगरी
राज्यको संवेदनशील बिषयहरुमा जिम्मेवारपूर्ण समानातामुलक पत्रकारिता र कांग्रेसले जिम्मेवारपूर्ण प्रतिपक्षिको भूमिका निर्वाह गर्न जरुरि छ !
मुख्यगरी सहकारी ठगीमा परेका लाखौ पिडित छन् म आफै पिडित छु ! सहकारीबाट नाफामुलक संस्थामा लगानी गर्न पाइने नपाइने खास जानकारी नभएपनि यदि नपाइने नियम छ भने यो नियम परिमार्जन हुन् जरुरि छ ! एक्लो रबि लामिछानेले मात्रै सहकारी ठगी गरेका होइनन् ! उत्पादन बिनाको वितरण, योग्यता बिनाको ओहोदा र कर्तब्य बिनाको अधिकारको राजनीतिक चंगुलमा फसेको राजनीतिको कारण देशको आर्थिक अवस्था झन् झन् धारासायीको चरम अवस्था निम्तिएको हुदा सहकारीहरू डुबेको कारण पनि बचतकर्ताहरु पिडित हुन् पुगेका छन् !
यसको अर्थ सहकारीहरूले बदमासी गरेकै छैनन् भन्ने अर्थ होइन ! सहकारीहरुको अवास्थागत मूल्यांकन गर्दै सहकारी समस्या समाधान तर्फ लाग्दै बचतकर्ताहरुको रकम फिर्ता गर्ने वातावरण समझदारी बनोस् र मिडियाले पनि सकारात्मक पहल गरोस् भन्ने कामना सहित !