मेरो देशको मौजुदा रास्ट्रिय गान प्रति मैले मेरो असहमति राख्दै गर्दा अलिकति पृष्टभूमि केलाउदा ठिकै होला ! पृष्टभूमिको स्मरण गर्दा तत्कालिन बिद्रोही माओवादी र सात राजनीतिक दलहरुको सहमति अनुसार नयाँ रास्ट्रीय गानको रचना एवं छनौट प्रक्रिया मार्फत सर्जक श्री प्रदिप कुमार राइ उर्फ “ब्याकुल माइला” को रचित रचना “सयौं थुंगा फूलका हामि” बोलको रचनालाई देशको रास्ट्रीय गान घोषित गर्दै तत्कालिन रुपमा रहेको राष्ट्रिय गानलाई खारेज गरिएको थियो !
रास्ट्रीय गान परिवर्तनको राजनीतिक कारण- तत्कालिन रुपमा रहेको रास्ट्रिय गान “ श्री मान गंभिर नेपालि” बोलको गान व्यक्ति केन्द्रित रहेको र उक्त गानले दरवारको मात्रै प्रतिनिधित्व गरेको बुझाइ अग्रगामी भनिने वा लोकतन्त्रवादी भनिने राजनीतिक वृत्तमा ब्याप्त भएकोले यसलाई परिवर्तन गर्नुपर्ने र सबैलाइ समेट्ने गरि वा सबै जातजाति भाषाभाषीको सम्बोधन हुनेगरी उर्फ समाबेशी टाइपको राष्ट्रिय गान राखिनुपर्ने बुझाइ अन्तर्गत मौजुदा रास्ट्रिय गानलाइ संसदबाट दलहरुले पारित गरेका थिए !
प्रारम्भमा यति लेखिसकेपछि लेखनको प्रक्रिया पनि मिलेको झै हुन्छ होला ! कहिलेकाहीँ पाठकहरुले “लेखक बनि टोपलेको ” भनेर जिस्काउने गर्नुहुन्छ, थप यत्ति भनेपछि म लेखक होइन भन्नेकुरा बुझ्नुभयो होला ! याहा लेखक हुनलाई लेखनलाई नै पेशा बनाउनुपर्छ र संवेदनशील मुद्दाहरुमा एउटा समाज भड्किनेगरि र अर्को समाज प्रफुल्ल हुनेगरी पेशेवर बन्न सक्नुपर्छ अनिमात्र समाजले लेखक उपाधि दिन्छ ! त्यसैले म लेखक होइन! हाम्रो समाजले तथ्यमा आधारित सत्य लेख्नेलाई लेखकको उपाधि दिएको मलाइ थाह छैन |
यहा लेखक हुनलाई कम्तिमा ५० वर्ष उमेर काटेको तथा अनुहार भरि जुंगा दार्ही हुनैपर्ने मान्यता पनि नरहेको होइन | हामि टिनेजर वा वैस्यक अवस्थाको व्यक्तित्वलाइ लेख्न आउदैन वा यस आस्थाको व्यक्तिमा अध्यनगत ज्ञान हुदैन झैं जस्तो रेडिमेट मान्यता समाजको मस्तिष्कमा एककिसिमले सेट नै छ |
लेख्ने व्यक्ति वा लेखक जहिल्य पनि सत्ताको बिपक्षमा रहेको हुन्छ अथवा लेखक स्थाई प्रतिपक्षि हो भन्य कुरा बुझ्न जरुरि छ | लेखकले कुनै विषयमा लेख्दा त्यस बारे अध्यन तथा धेरै रिसर्च गरेर लेखकीय परिकार पस्केको हुन्छ| त्यसरी पस्केको परिकार स्वादिलो छ वा छैन बारेमा पाठकहरुमा पनि स्वाद सम्बन्धि अध्यन र ज्ञान हुन् जरुरि हुन्छ अनि मात्र लेखकले भन्न खोजेको कुराहरु पाठकले बुझ्न सक्ने कुरा हुन्छ | लेख्दा लेख्दै बिषय मोडिएछ साँची म मौजुदा रास्ट्रीय गित सम्बन्धि पो लेख्दै थिएँ |
मौजुदा रास्ट्रीय गानमा नमिलेको पहिलो लाइनको शाब्दिक भावार्थ- सयौं ( थुंगा ) फूलका हामी:- यतिखेर नेपाल संघीय प्रणालीमा छ र मौजुदा संघियता प्रति अझैपनि धेरैको असहमति रहेकै छ जसको उदाहरण “कोशी” प्रदेशमा देखिरहन पाइएकै छ | कतिपयको मन दुख्न सक्ला कतिपयलाई घनघोर रिस नै उठ्ला तर मैले भन्न खोजेको बिषय बुझ्नेगरी पेश गर्नकै लागि भएपनि केहि कुरा लेख्दै गर्दा पूर्वाग्रही जस्तो देखिन सकुला |
याहा प्रदेशको नाम राख्दा जात र धर्मको आधारमा राखिनुपर्ने जस्ता मागहरु छरपष्ट रुपमा छन् | अझ संघियताको राजनीतिमा माओवादी र मधेशवादी दलहरुले त जात र धर्मको आधारमा ११ देखि १४ वटा प्रदेशको खाका नै पेश गरेका थिए | यस्तै अन्य आफुलाई पहिचानावादी भनेर दावी गर्ने थुप्रै अर्गनाइजेसनहरु देखापरे | किन भन्दा आदि इत्यादिहरुको पहिचान खुल्नेगरी सम्वोधन गर्नुपर्ने रे | त्यसै अनुरुप अहिले कोशी प्रदेशमा कोशी खारेज गरि किराँत वा “किराँत-लिम्बुवान” नाम राख्नुपर्ने कुरामा झगडा छ |
यस हिसाबले देशको रास्ट्रीय गान नमिलेको जस्तो लाग्दैन ? सयौं थुंगा भन्दै गर्दा कुन-कुन थुंगा ? थुंगा पनि त् खुलाउनु पर्ला ? रास्ट्रीय गानमा पनि त पहिचान खुल्ने गरि सम्वोधन हुनुपर्ला नि ? अथवा देशमा ७ वटा प्रदेश भएपछी “सातवटा थुंगा फूलका हामी” भन्नुपर्ने होला ? अथवा रास्ट्रीय गानमा पनि किराँत, लिम्बुवान, मधेस, नेवा, खस, दलित कोड नै गरेर थुंगा बनाउनुपर्ने होला ? मौजुदा गानको प्रारम्भकै लाइन, मौजुदा संघियता बिरोधि छ जस्तो लाग्दैन ?
“संघियता प्रणाली संग असहमत छौं भने देखि गीतको पहिलो लाइनलाइ ठिकै मान्न सकिन्छ” तर संघियता प्रणालीलाइ स्वीकार गर्छौ भने गीतको पहिलो लाइन कसरी ठिक भयो ? “एकातिर सयौं थुंगा फूलका हामी एउटा माला नेपाली “ भनि टोपल्ने अर्कोतिर जात र धर्मको नाममा प्रदेशको नाम खोज्ने यो कसरि मिल्छ ?
मिल्छ भने गीतमा पनि जात र धर्म किन नखुलाएको ? एउटा मालामा सबै नेपाली अटेको मान्ने हो भने प्रदेशको नाम यो हुनुपर्छ र यो हुनुहुदैन भनेर विवाद गर्नुको के अर्थ ? यस हिसाबले कि संघियता बेठिक भन्नु पर्यो कि रास्ट्रीय गान बेठिक भन्नु पर्यो वा रास्ट्रीय गान र संघियताको आपसमा मेल हुनुपर्यो किनकि रास्ट्रीय गानको भावार्थ संघियता प्रति छैन र संघियताको भावार्थ रास्ट्रीय गान प्रति छैन |
संघियतामा चैं राई, मगर, लिम्बु, नेवा, मदेसी, खसआर्य, दलित, तामाङ, गुरुङ कै नामबाट प्रदेशको नाम चाहिने तर “रास्ट्रीय गानमा सयौं थुंगा फुल भन्दै गर्दा” फूलहरुको नाम चै नचाहिने यो तर्क संघियता अन्तर्गत स्वाभाविक होला ? कुन कुन फुलको थुंगा उनेपछि नेपालीको एउटा माला बनेको हो ?
नमिलेको दोस्रो लाइनको शाब्दिक भावार्थ- सार्वभौम भई फैलिएका (मेची महाकाली) : यो लाइनको भावार्थले “१४७१८१ वर्ग किलोमिटर” मात्रै समेटेको हो वा पछिल्लो पटक सार्वजनिक गरि संवैधानिक मान्यता प्रदान गरिएको चुच्चे नक्सा प्रकाशित भइ कायम भएको
“१४७५१६ वर्ग किलोमिटर” छेत्रफललाइ पनि समेटिएको छ ? पक्कै छैन किनकि चुच्चे नक्सा आउनु अघि नै रास्ट्रीय गान घोषणा भैसकेको थियो | अब कि त् चुच्चे नक्सा झुटो हो कि त रास्ट्रिय गान गलत छ | यस अर्थमा पनि मौजुदा राष्ट्रिय गान खारेज गर्नुपर्ने देखिन्छ | किनकि रास्ट्रीय गान, संघियता र संविधान एक आपसमा पूर्ण बिरोधि छन् |
“फेरी सयौं थुंगा फूलका हामी एउटा माला भनिएको छ तर यो मालामा वंशज नागरिक नेपाली मात्रैको थुंगा छ वा अन्य नागरिकताधारीको पनि थुंगा मिसिएको छ प्रष्ट छैन” | सयौं थुंगा फूलका हामी एउटा माला नेपाली- यो भनिसकेपछि यो किसिमको शाब्दिक भावार्थले मालामा विश्वभर भएका नेपालीहरुलाई समेटिएको बुझिन्छ तर सार्वभौम भई फैलिएका चाही मेची र महाकाली मात्रै भनिएको छ, यहानिर के नामिलेको झैं लाग्दैन ?”
कि त “सयौं थुंगा फूलका हामी बंशज माला नेपाली” भन्या भए, सार्वभौम भै फैलिएका मेची महाकाली- सुहाउथ्यो किनकि बंशज नेपाली मात्रै सार्वभौम भै मेची महाकाली सम्म फैलिएको कुरा मिल्थ्यो | मेची देखि महाकाली सम्म मात्रै सार्वभौम हो भने कर्णाली र गण्डकी छेत्रलाइ के भन्ने ? अथवा मेची र महाकाली नदीले कतिवटा जिल्लाहरुलाई छोएको छ ? जतिवटा जिल्लाहरुलाई छोएको छ ति जिल्लाहरु सार्वभौम भए, तर ति नदीले नछोएका जिल्लाहरु ?
अझ रोचक त् के छ भने मौजुदा रास्ट्रीय गानले “ ग्रेटर नेपाल” को अभियानलाइ नै निस्तेज पारेको छ, र “सुगौली सन्धि”लाइ पनि अनुमोदन गरेको छ ? जबकी सुगौली सन्धि एक धोकापूर्ण सड्यन्त्र हो भनि ग्रेटर नेपालको मुद्दा संग नेपालको ठुलो जानअभिमत जोडीएको छ | नेपाल र भारत बिचमा अझै सम्म थुप्रै सिमा विवाद समस्या समाधान नभएको स्थिति रहेको हुदा मेची महाकाली तोकेर सार्वभौम फैलिएको कुरा राष्ट्रिय गीतमा उल्लेख गर्नु एक हदको राष्ट्रघात होइनर ? यहानेर भावार्थ नमिलेको हुदा रास्ट्रीय गान खारेज/परिमार्जन आवस्यक छ |
नमिलेको चौथो लाइनको शाब्दिक भावार्थ : बिरहरुका रगतले स्वतन्त्र र अटल :- यो लाइनको भावार्थमा नेपाली राजनीति विरोधाभाषपूर्ण रहेको ठहर्छ | एकातिर बिरहरुका रगतले स्वतन्त्र र अटल पनि भन्ने अर्कोतिर त्यहि बिरहरुको अपमान गर्दै राजनीति पनि गर्ने ? नेपालको पछिल्लो परिवर्तित राजनीतिले रास्ट्रीय गानको यो चौथो लाइनलाई अपमान गरिरहको छ |
यदि बिरहरुको रगतले स्वतन्त्र र अटल भएको तथ्यलाई मान्ने हो भने स्वतन्त्र र अटल बनाउने अभियानको बिरहरू मध्ये नेतृत्व बिर “श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाह” लाइ नेपाली राजनीतिले अझैसम्म सम्मान किन नगरेको ? ठाउँ ठाउँमा त्यहि बिरहरुको सालिक किन फोडेको ? नेपाली राजनितीले त्यहि बिरको सम्झनामा मनाउदै आएको पृथ्वी जयन्ति, रास्ट्रीय एकता दिवस समेत खारेज गरेको तपाइँ हामीलाई सम्झना हुनुपर्छ ?
नेपाललाइ स्वतन्त्र र अटल बनाउने कार्यको नेतृत्व गर्ने राजा महाराजाहरुले गरेको यथार्थ तथ्यलाई नकार्दै अपमान गरिरहने अनि रास्ट्रीय गानामा चाही बिरहरुका रगतले स्वतन्त्र र अटल भनि टोपल्ने ? इस्ट इन्डिया कम्पनि सरकार संग लडेर देश जोगाउने राजा महाराजा लिडरहरुलाई अपमान गरेर रास्ट्रीय गीतमा बिरहरू भन्नुको कुनै अर्थ छैन | अर्थ छ भने गीतको भावार्थ र राजनीति एक आपसमा विरोधाभाष देखियो |
नमिलेको पाँचौ लाइनको शाब्दिक भावार्थ : ज्ञान भूमि शान्ति भूमि तराइ पहाड हिमाल:- यो लाइनमा मधेश खोइ ? संघियता स्वीकार गर्नेहरुको लागि गीतको लाइनमा “मधेस” शब्द नाराखिनुले संघियता र रास्ट्रीय गान आफैमा बाझिएको छ | ज्ञान भूमि शान्ति भूमि तराइ पहाड हिमाल मात्रै हो भने मधेस केहो ? नेपालमा हुदै नभएको “मधेस” ६ वटा जिल्ला अलग गरेर जन्माइसकेपछी जन्मिएको मधेस, रास्ट्रीय गानमा चै किन जन्मिन सकेन ? अब कि मधेस खारेज हुनुपर्छ कि रास्ट्रीय गान खारेज/परिमार्जन हुनुपर्छ |
नेपालमा तिन किसिमका भूगोल रहेको र त्यहि भूगोललाई “तराइ पहाड हिमाल” भनेर जम्मा तीनवटा भूगोलमा वर्गीकरण गरिएको थियो तर संघियता प्रणालीमा लगेपछि “मधेश” नामक अर्को भूगोलको जन्म गरियो तर जन्माइएको मधेश नामक नयाँ भूगोल रास्ट्रीय गानमा समेटिएको छैन | मौजुदा रास्ट्रीय गान र संघियता एक आपसमा बिरोधि छन् |
ज्ञान भूमि पनि भन्ने शान्ति भूमि पनि भन्ने तर रगत पनि लेख्ने कसरि मिल्यो ? बिरहरुका रगतले भन्नुको सट्टा बिरहरुको बलिदान वा सपुतहरुको त्याग भनेको भए ज्ञान भूमि र शान्ति भूमि शाब्दिक भावार्थलाई न्याय हुन्थ्यो |
अर्को कोणबाट पनि एकैछिन कल्पना गरौ- टिनेजर प्रेमी चै रास्ट्रीय गान, प्रेमिका चै संघियता जस्तो | टिनेजर अवस्थामा चनचले साहित्यकार ले भर्खर १६ वर्ष पुगेकी किशोरीलाइ गजल सुनाए जस्तो |
हाम्रो रास्ट्रीय गानको शब्द र शब्दले दिएको भावार्थले परिवर्तित राजनीतिको परिवर्तन र गौरवपूर्ण इतिहासको सम्मान गर्दै सम्बोधन गर्न नसकेको हुदा रास्ट्रीय गान खारेज वा परिमार्जन हुन् आवस्यक छ |









