परिचय:– महावीर पुन “ नेपाली बजारमा एक चर्चित र विवादित पात्रका रुपमा परिचित व्यक्ति हुन् ! उनले आफुलाई नेपालि बजारमा वैज्ञानिक हुँ भनि चिनाउदै आइरहेका छन् | महावीर पुनले आविष्कार केन्द्र नामक कम्पनि संचालन गर्दै आइरहेका छन् |
हालसालै उनले आफ्नो बारेमा “आत्मकथा” प्रकासन गरि देशैभरी बिक्रि गर्दै हिडिरहेका पनि छन् | उनले प्रकाशित गरेको आत्मकथा पढेपछि मेरो मानसपटलमा पनि केहि प्रश्नहरु प्रकाशित हुन् पुगे | आत्मकथामा उनले केहि विषयवस्तु बारेमा अपत्यारिला र भ्रमपूर्ण किसिमका प्रसंगहरु उल्लेख गरेको झैं लागेपछि उनको आत्मकथा पुस्तक बारेमा आलोचना/समालोचना गर्दै म भित्र प्रकाशित भएका प्रश्नहरु पस्कन मन लाग्यो |
नागरिकता बिना नै बनेको पासपोर्ट र जन्म मिति बारे पहिलो प्रश्न:
आत्मकथाको प्रारम्भ ‘मेरो जन्म” शिर्षकमा उनले आफ्नो जन्म बारे: आफु कुन सालमा जन्मेको भन्ने बारेमा बाबु-आमा र बाजेलाई समेत थाह नभएको उल्लेख छ र, राजा बितेको सालमा जन्मेको तर राजाको नाम थाहा नभएको भनि बाजेले लगाईदिएको अड्कल अनुसार नै जन्म मिति तय गरिएको भनिएको छ, र यस अनुसार जन्म साल २०११ भएको उल्लेख छ | त्यतिबेला बितेका राजा त्रिभुवनको नाम महावीर पुनको बाजे वा उनको परिवार आफन्त कसैलाई थाह नहुने पनि सम्भव हुन्छ ? फेरी जन्मेको साल चै याद नहुने आमालाई जन्मेको महिना चै याद भएको उल्लेख छ |
जन्म साल २०११ माघ ५ गतेलाइ इस्वी संवतमा बदलेर खैरहनी स्कुलका शिक्षकहरूले जनवरी १९५५ निकालिदिएको तर हाल मा आफैले हिसाब निकाल्दा जनवरी १८ हुदोरहेछ भनिएको छ | हो जनवरी १८ नै हुन्छ तर जनवरी २२ भनेर गलत हिसाब निकाल्ने शिक्षकहरुको नाम चै उल्लेख गरिएको छैन किन ?
अमेरिका जानेबेलामा त्यहि जनवरी २२,१९५५ लाइ नै जन्मदिन भनेर पासपोर्टमा लेखिदिएको उल्लेख छ, र हालसम्म त्यहि मितिलाई जन्मदिन मान्दै आएको भनिएको छ |
त्यतिबेला नागरिकता बिना नै पासपोर्ट बन्ने बनाउने कानुनी सिस्टम थियो ? थिएँन भने नागरिकता बिना पासपोर्ट कसरि बन्यो ? खैरहनी स्कुलले गलत निकालिदिएको इस्वी संवतलाइ नागरिकता बनाउदा किन नसच्याईएको ? जन्मको बारेमा बेलिविस्तार गर्दा नागरिकता बारेमा कहिकतै केहि उल्लेख नै छैन कनागरिकता कसरि बन्यो ? नागरिकतामा मिति के छ ? तर आत्मकथामा नागरिकता बिना नै पासपोर्ट चै बनेको छ | त्यो पनि गलत मिति राखेर | के पत्याउने के नपत्याउने ?
दोस्रो विश्वयुद्द सकिएपछी वाहाको बाबा मलेसियामा ब्रिटिस सेनामा भर्ति हुनुभएको र आफु दुइ बर्षको हुदा बाबा-आमा संग मलेसिया गएको उल्लेख छ | छोरा दुइ बर्षको हुदा मलेसिया सम्म पुग्न सक्ने सोच, इच्छा, पहुच ,आइडिया भएको बाबा-आमालाई छोरो जन्मेको साल चाही थाहा छैन रे कस्तो अचम्म ? दुइ बर्षको छोरो बोकेर मलेसिया जादा छोरो जन्मेको साल स्वत: निस्केंन भन्या ? जुन सालमा परिवार मलेसिया गको त्यसमा दुइ बर्ष घटाउदा छोरो जन्मेको साल पत्ता लग्नु पर्ने हैन ? पाचँ बर्षको उमेर पुगेपछि महावीर पुन नेपाल फर्किएको कुरा छ , मलेसिया गएको सालमा पाँच बर्ष घटाउदा पनि जन्मेको साल निस्कन्छ तर कति सालमा मलेसिया गएको उल्लेख नै छैन पुस्तकमा | कस्तो भ्रामक आत्मकथा |
१२ बर्ष पुग्दाको झुटो कहानी दोस्रो प्रश्न:
“ मैले पढेको पहिलो किताब” शिर्षकमा पुनले पढ्न पाएको जम्मा दुइटा किताब थिए भनेर उल्लेख छ र त्यतिबेला बिज्ञान ,गणित भूगोल, अंग्रेजी ,सामाजिक नामका किताबहरु हुन्छन भन्ने सम्म थाहा नभएको पुनले दाबि गरेका छन् |
कक्षा सातमा पढ्दै गर्दा उक्त नामका किताबहरु थाहा नहुने कस्तो अचम्म ? २०११ मा जन्मेर मलेसिया ५ बर्ष बसेर फर्केको समय हिसाब गर्दा महावीर पुन २०२४ साला तिर कक्षा सातामा पढेको ठहर्छ | अब २०२४ सम्मसको समयमा आइपुग्दा बिज्ञान गणित सामाजिक अंग्रेजी जस्ता किताबहरुको नाम नै थाह नहुने कुरा त्यो पनि ७ कक्षा पढ्ने विद्यार्थीलाइ, के पत्याउने के नपत्याउने ?
महावीर पुन जन्मेकै साल वि.स. २०११, अहिलेका धेरै नेताहरुको पनि जन्म मिति हो | अब २०११ मा जन्मेका कसैलाई पनि ति किताबहरुको नाम थाहा नहोला त ? हालका प्रधानमन्त्री प्रचन्ड पनि २०११ मै जन्मेका हुन् र कास्की जिल्लामा पढेका पनि हुन् उनले कास्कीमा पढ्दै गर्दा बिज्ञान गणित जस्ता किताबहरु बारे पढेका पनि हुन् र उक्त किताबहरु बारे त्यतिबेलै जानकार पनि थिए तर चितवनमा पढ्ने पुनलाई ७ कक्षा पुग्दा समेत किताबहरु बारे थाह नभएको त्यसमाथि ति किताबहरुको नामै थाह नभएको यस्तो पनि हुन्छ?
मेरो बाबा श्री “माधव प्रसाद ढुंगाना”को पनि २०११ नै जन्म हो र मेरो बाबाको पालामा उक्त किताबहरु थिए र ति किताबहरु बारेमा आफुलाई जानकारी भएको र पढेको कुरा बाबाले बताउनु भयो |
७ कक्षा पढ्दा धेरै किताबहरुको नामै थाहा नभएको बिधार्थी, मल्लाजमा कक्षा ८ पढ्दा चै प्रथम भएको कुरा छ, किताबको नामै थाह नभएको केहि किताबहरु त् हुन्छ भन्ने समेत थाहा नभएको र केहि किताब पढ्दै नपढेको तर कक्षा ८ मा प्रथम भएको के पत्याउने के नपत्याउने ?
१४ बर्ष पुग्दाको झुटो कहानी तेस्रो प्रश्न:
१४ बर्षको उमेरमा पहिलोपटक चप्पल लगाउँदा” शिर्षकमा पुनले दाबी गरे अनुसार १४ बर्षको उमेरमा आफुले पहिलोपटक खुट्टामा चप्पल लगाएको कुरा छ | मलेसियाको ब्रिटिस सेनामा जागिर खाने मलाया लाहुरेको छोरो आफ्नो छोरालाई घरि बाग्लुंग घरि पोखरा घुमाउने पेन्सनवाला लाहुरे बाबाले १४ बर्ष पुगिसक्दा पनि छोरोलाई चप्पल किनी नदिएको कुरा यस्तो पनि हुन्छ ?
नागरिकता र पासपोर्ट विरोधाभाष कहानी चौथो प्रश्न:
पुस्तकको सुरुमै अमेरिका जानेबेला खैरहनी हाइ स्कुलका शिक्षकहरूले नेपालि जन्म मितिलाई कन्भर्ट गरि इस्वी संवत निकालिदिएको र त्यहि मिति राखेर पासपोर्ट बनेको कुरा छ | जबकी २०३० सालमा नै महावीर पुन शिक्षण पेशामा लागेको र १३ बर्ष उक्त पेशा गरेको व्यक्ति आफैले आफ्नो जन्ममिति कन्भर्ट गर्न नजानेको पनि हुन्छ ? खैरहनीका शिक्षकहरूले कन्भर्ट गरिदिएको मिति राखेर पासपोर्ट २०४५ सालमा बनेको कुरा छ, तर २०३० सालमा शिक्षकको जागिर खान नागरिकता बनाउदा त्यो नागरिकतामा चै जन्म मिति कति राखिएको र कसले राखिदिएको कुरा चै उल्लेख छैन |
२०३० सालमा नै बनेको नागरिकतामा चै आफैले जन्म मिति राखको अनि २०४५ सालमा पासपोर्ट बनाउदा चै खैरहनीका शिक्षकहरूले जन्म मिति राखिदिएको कुरा के यस्तो पनि सम्भव हुन्छ ? यदि सर्टिफिकेटहरुमा गलत जन्म मिति थियो भने आफै शिक्षक भएको बेला वा अमेरिका जान बढे बढे व्यक्तिहरुलाई लाइब्रेरीबाट पत्र लेख्ने कला भएको तपाइले जन्म मिति किन सच्याउनु भएन ?
तपाइले पुस्तकमा तपाइँ बैज्ञानिक पनि होइन तपाइँ इन्जीनियर पनि होइन भन्नु भएको छ, त्यसो हो भने के अनि कुन आधारमा आविष्कार केन्द्र संचालन गरिरहनुभएको छ ? तपाइको खास परिचय के हो ? तपाइँ ब्यापारी हो ? बैज्ञानिक अथवा इन्जीनियरको लाइसेन्स तपाइँ संग नभएको कुरा पुस्तकले बताइरहेको छ तर पनि तपाइ आविष्कार केन्द्र नामक संस्थाको संचालक हुनुन्छ तपाइँ यस अर्थमा ब्यापारी नभए के हो ?
क्रमश: आत्मकथाको भ्रमबारे अर्कोपटक थप विषय लिएर आउने छु |









