नोबेल एजुकेशन फाउन्डेसन लेटाङ ८ जाँतेले आफ्ना ४२२ जना बिध्यार्थीलाई खेलकुदमा बिजय हासिल गरेकोमा पुरस्कृत गरेको छ । बिहिबार बिध्यालयमा आयोजित कार्यक्रममा मंसिर महिनामा आयोजित सन्दिप राई स्पोर्ट्स मिटमा आयोजित विभिन्न ४७ वटा प्रतियोगिताका बिजेताहरुलाई मेडलले पुरस्कृत गरिएको बिध्यालयका प्रधानाध्यापक भोलानाथ पान्डेले जानकारी दिनुभयो ।
२०७३ साल साउन ९ गते उक्त बिध्यालयका बिध्यार्थी सन्दिप राई फूटबल खेलेर घर फर्किने क्रममा जिप दुर्घट्नामा परि निधन भएपछी उनैको सम्झनामा बार्षिक रुपमा खेल प्रतियोगिता आयोजना हुने गरेको छ । विद्यालयमा गत साल रग्वी खेलको कोशी प्रदेश स्तरीय छनौट कार्यक्रम पनि सञ्चालन भएको थियो ।
राष्ट्रिय तेक्वान्दो संघ नेपाल कोशी प्रदेशको आयोजना तथा लेटाङ ८ जाँतेस्थित नोवेल एजुकेशन डेभ्लोपमेन्ट फाउण्डेशन तेक्वान्दो डोजाङको व्यवस्थापनमा माघ १२ गतेदेखि सुरु गरि १३ गते ग्रेडीङ सम्पन्न गरिएको हो ।
ग्रेडीङमा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा, भोजपुर लगायत जिल्लाबाट गरि जम्मा ७८ जना विभिन्न ग्रेडका प्रशीक्षार्थी खेलाडी सहभागी भएका थिए । उनीहरुले आफ्नो ग्रेड भन्दा माथिल्लो ग्रेडमा जानका लागि प्रयोगात्मक परीक्षा दिएझैं खेल कौशल प्रदर्शन गरेका छन् ।










