लेटाङ्ग- घरघरमा माओवादी जनजनमा माओवादी रुपान्तरण अभियान अन्तर्गत ३ महिने अभियानको नेकपा माओवादी केन्द्र लेटाङ्ग नगरकमिटीले जनश्रमदान सहीत शुरूवात गरेको छ। उक्त अभियानमा लेटाङ नगरपालिका अन्तर्गतका सबै वडाहरुले ठाउँ विशेषगरी संयुक्त रुपमा सरसफाइ गरेर उद्घाटनमा सहभागीता जनाएको हो।

वडा कमिटी अन्तर्गत १,२,३ र ५ ले बेलवारि देखि उत्तर लेटाङ्ग नगरपालिकालाई जोड्ने सडक खण्डका छेउछाउमा रहेको झाडी फडानी गरेर अभियानको शुरुवात गरेको छ। भने ८ र ९ नम्बर वडा कमिटीले मलामी टहरा छेउछाउमा बृक्षा रोपण सहित सरसफाइ गरेर अभियानमा सहभागीता जनाएको हो।
May be an image of 10 people and text

नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति ईन्चार्ज तथा प्रदेश कमिटी सदस्य प्रेम मिभक र प्रदेश कमिटी सदस्य राम कार्कीको उपस्थिति रहेको थियो। यसैगरी नगर कमिटी अध्यक्ष बिनोद नेपाल, सचीव भवानी लिम्बू, महिला उपाध्यक्ष शान्ता राई, वडा अध्यक्ष नरेश पथिक, जिल्ला समन्वय समिति सदस्य मौसम लिम्बु,भुपेस लिम्बू, अर्जुन लिम्बू,वाईसीएल नगर कमिटी अध्यक्ष जमिन मंग्राती, सचीव देबेन्द्र लिम्बुले अभियानको कमाण्ड सम्हालेका थिए।
May be an image of 8 people and textMay be an image of 9 people and text
यस्तै यो अभियानमा जनताका जनजीबिका सङ्ग प्रत्यक्ष जोडिएर माओवादी केन्द्रले आफ्नो अभियान संचालन गर्दै संगठन बिस्तार गर्ने लक्ष्य राखेको छ। यस अभियानलाई सफल बनाउन केन्द्रिय नेताहरु यतिबेला प्रत्येक वडा-वडामा खटिएका छन। सामाजिक र रचनात्मक काम गर्दै जनताका घरघर पुग्ने उदेश्य बोकेको माओवादी केन्द्रले जनस्तरमा यो अभियान अन्तर्गत राम्रै परिणाम निकाल्ने नेताहरुको दाबी छ।
May be an image of 8 people, grass and treeMay be an image of 11 people, tree and text

नेकपा माओवादी केन्द्रको जनजनमा माओवादी घरघरमा माओवादी भन्ने मुल नारा सहित माओवादी रुपान्तरण अभियान ३ महिना सम्म संचालित रहने छ।सो अभियानको आज देश भरिका ७५३ ओटै स्थानीय तहका वडा कमिटीका कार्यक्रम लाई एकपटक माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको थियो।
May be an image of 5 people

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय