२७ फागुन, काठमाडौं – सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे ८ बजे बैठक सुरु भएको हो ।
बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
उपराष्ट्रपतिको निर्वाचन आगामी चैत तीन गतेका लागि तोकिएको छ ।
उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झालगायत आकांक्षी छन् ।










