काठमाडौं- विस्तृत शान्ति सम्झौता दश वर्षभन्दा लामो नेपाली गृहयुद्लाई अन्त्य गरेको घोषणा गर्दै नेपाल सरकार र नेकपा माओवादीले विसं २०६३ मंसिर ५ गते हस्ताक्षर गरेको सम्झौता पत्र हो ।
तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । साे सम्झौताले नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागि हुन बाटो खुलेको थियो ।
– सशस्त्र युद्धको औपचारिक अन्त्यको घोषणा
– माओवादी सेना, हतियारको र नेपाली सेनाको हतियारको संयुक्त राष्ट्रसंघद्वारा प्रमाणीकरण र अनुगमन
– माओवादीद्वारा कब्जा गरिएका सम्पूर्ण सम्पति फिर्ता
– मानव अधिकार र अन्तराष्ट्रिय मानव अधिकार सम्बन्धी कानूनहरूको पूर्ण पालना
– राजाको सम्पूर्ण राजनीतिक अधिकारको अन्त्य
– उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन
– माओवादी सेनाका लडाकुहरूको रेखदेख समायोजन र पुनर्स्थापना
– युद्धबाट पीडित र विस्थापित व्यक्तिहरूको ससम्मान पुनर्स्थापना
– हातहतियार, गोलीगठ्ठा र विस्फोटक पदार्थ साथमा लिई आवतजावत गर्नु गैरकानुनी लगायत विषय समेटिएका छन् ।










