मोरङ – मोरङको १७ वटा पालिकामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने कार्य शुरु भएको छ ।
स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश मेहताका अनुसार आज बिहिबार बिहान साढे १० बजेबाट मोरङका १७ वटा पालिका र स्वास्थ्य सेवकहरुले घरघरम पुगेर औषधी खुवाउने काम शुरु गरेका हुन् ।
आउदो १४ दिनसम्म निरन्तर औषधी सेवनका लागी हात्तीपाइले रोगविरुद्धको औषधी खाने अभियान शुरु गरिएको बताउदैं प्रमुख डा. मेहताले यसक्रममा विभिन्न ३ प्रकारका ३ वटा औषधी खुवाइने बताएका छन् । मोरङमा करिब नौ लाख जनतालाई यो औषधी खुवाइने लक्ष्य राखेको डा.मेहताले जनाएका छन् ।
यसैगरी उनले गर्भवति महिला, सुत्केरी, अस्पतालमा भर्ना भएका बिरामी र छारे रोग लागेकाहरुले यो औषधी खान नहुने प्रष्ट पारेका छन् ।
सरकारले बिहिबार देखी हात्तीपाइले रोग देखिएका देशका १५ जिल्लामा यो रोगविरुद्धको औषधी सेवन कार्यक्रम शुरु गरेको छ ।










