काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी ओली बिच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय माग गरेर आज सम्मको समयसीमा तोकेपछि सत्तारूढ दलका शीर्ष नेता समेत रहेका माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेट भएको हो ।
सत्तासीन दलका शीर्ष नेताहरू रहेको उच्चस्तरीय राजनीतिक सन्यन्त्रको बैठक बसेर रवि लामिछानेले मागेको गृहमन्त्रीका बारेमा छलफल गर्नु पर्ने लामिछानेको पार्टीको माग छ ।
बिहिवार बेलुकी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सम्सदीय दलको संयुक्त बैठक चलिरहेको बेला प्रधानमन्त्री र एमाले अध्यक्ष ओली दुबैले लामिछानेलाई फोन गरी सरकार बाहिर हुने निर्णय नलिन र २ दिन पर्खिन आग्रह गरेका थिए । त्यसपछि लामिछाने नेतृत्वको रास्वपाले आजसम्म समयसीमा तोकेर सरकार बारे ठोस निर्णय लिएको थिएन ।
ओली र प्रचण्ड भेट्मा सत्तासीन दलहरूको उच्चस्तरीय सन्यन्त्रको बैठक बोलाउने बारेमा छ्लफल भएको हुनसक्ने बताईएको छ । सन्यन्त्रको संयोजक एमाले अध्यक्ष ओली छन् । ओली लामिछानेलाई पुनः गृहमन्त्री बनाउनु पर्ने पक्षमा छन् । तर प्रधानमन्त्री रविको नागरिकता विवादमा सर्बोच्च अदालतले दिएको फैसलाको पूर्ण पाठ नआउँदासम्म र उनको दोहोरो राहदानीको बारेमा अनुसन्धान टुंगो नलाग्दा सम्म गृह मन्त्रालय दिन तयार छैनन् ।
सरकार निर्माणका बेला भएको सहमतिका आधारमा रविलाई गृहमन्त्री दिनुपर्ने ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन छन । तर प्रधानमन्त्री रविको लागी त्यसबेला पनि ओलीको दवाबमा मात्रै गृह दिएपनि अहिले गैर सासदको रुपमा र त्यसमाथि उनिमाथिको सर्बोच्च को आदेशको पूर्ण पाठ तथा दोहोरो नागरिकता टुंगो नलाग्दा सम्म उनैलाई दिन नसक्ने र रविको लागि मात्रै त्यसबेला गृह दिएको तर उनको पार्टीका अरुलाई अहिले दिन नसक्ने अडानमा छन ।
यहि अन्तरबिरोधका बीचमा ओली प्रचण्ड वार्ता भएको हो ।










