काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषमा भइरहेको भ्रष्टाचार बढेको र फोहोर व्यवस्थापनमा लापरवाही गरेकोबारे चासो लिएका छन् ।  मंगलबार कोषको कार्यालयमा पदाधिकारीसँग ब्रिफिङ लिँदै मन्त्री किरातीले विश्वले चिनेको पवित्र क्षेत्रमा ‘अपवित्र’ काम भएको भन्दै अनियमितता रोक्न निर्देशन दिए ।

मन्त्री किरातीले देशकै  ठुलो र पवित्र तीर्थस्थलमा किन अपवित्र र फोहोरी काम भइरहेको छ ? यहाँ लाख होइन, लाखौँलाखको डिल कसरी भइरहेको छ ? यसको प्रमाणसहित पत्रकार सम्मेलन गर्न नपरोस् भन्दै पदाधिकारीलाई चेतावनी दिए ।  उनले भने  ‘विगत जे भयो, अब म हात जोडेर पशुपतिनाथसँग माफी माग्छु अव त्यस्तो नहोस् ।’

उनले लासमाथि पनि भ्रष्टाचार भइरहेको आफूले सुनेको भन्दै मान्छेमा संवेदना हराएको त होइन भनेर प्रश्न गरे । उनले फूल बेच्नेहरूसँग समेत असुली गरेर सचिव र मन्त्रीलाई दिनु पर्छ भन्ने आफूले सुनेको भन्दै आइन्दा त्यस्तो कार्य नगर्न निर्देशन दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय