काठमाडौं । सत्ता गठबन्धनका दुई प्रमुख दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई आ–आफ्ना भागमा परेको राष्ट्रपति र उपराष्ट्रपति छान्न सकस परेको बुझिएको छ ।

सत्ता गठबन्धनको प्रमुख एमालेभित्रबाट नेतृ अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुवास नेम्वाङ राष्ट्रपतिको अग्र पात्र हुन् भने उपराष्ट्रपतिका लागि नेकपा (माओवादी केन्द्र) का दीनानाथ शर्मा, हरिबोल गजुरेल र जयपुरी घर्ती सम्भावित उम्मेदवार हुन् ।

प्रधानमन्त्री र सभामुख आधा–आधा समय मागिएकाले सभामुख पहिलो चरणमा एमालेका पुथ्वीसुब्बा गुरुङ र छविलाल विश्वकर्माको नाम चर्चामा आएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षसहित सात वटै प्रदेशका प्रदेशप्रमुख, मुख्यमन्त्री, सभामुखका विषयमा गठबन्धनका नेताहरु विज्ञ सहमति भैसकेको भनिएपनि प्रष्ट चित्र सार्वजनिक भएको छैन ।

राष्ट्रपतिमा अष्टलक्ष्मीको बलियो सम्भावना

राष्ट्रपति पदका लागि एमाले नेतृ अष्टलक्ष्मी शाक्यको सम्भावना निकै बढेको छ । पार्टी विभाजन गर्नुहुँदैन भन्ने लाइनमा रहेर मुख्यमन्त्रीसमेत सम्हालेकी शाक्य सम्पन्न संसदीय निर्वाचनमा नयाँ पुस्तालाई दिने भन्दै निर्वाचन लड्न अस्वीकार गरेकी थिइन् ।

एमालेभित्र स्वच्छ, निष्कलंक र इतिहास बोकेकी नेतृ भएकाले नेम्वाङ र ज्ञवालीलाई अध्यक्ष व्यवस्थापन गरेर शाक्यलाई राष्ट्रपति बनाउने सम्भावना देखिएको छ ।

उपराष्ट्रपतिको अग्रतामा दीनानाथ

नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्मा, उपराष्ट्रपतिको सबैभन्दा अग्रपंक्तिमा देखिएका छन् । हुन त सो पार्टीमा प्रचण्डले व्यवस्था गर्नुपर्ने नेताहरुमध्ये हरिबोल गजुरेल, लीलामणी पोखरेल, गणेश शाह, जयपुरी घर्ती,लगायत दर्जनौं रहेका छन् ।

तिमध्ये लीलामणी पोखरेल निस्क्रिय पदमा बस्न नरुचाउने स्वभावका हुन् भने हरिबोल गजुरेललाई राष्ट्रिय सभामा लगेर पछि अध्यक्ष बनाउने सम्भावना पनि उत्तिकै बलियो छ । कलष्टर मिल्दा राष्ट्रपति र उपराष्ट्रपति एउटै लिङ्गको हुनुपर्ने संवैधानिक बाध्यता भने रहेको छैन ।

२०७४ मै राष्ट्रियसभा अध्यक्षमा प्रस्तावित गरिएका शर्माले एमाले–माओवादी अंशवण्डामा सभामा सत्तापक्षको नेताका रुपमा भूमिका निर्वाह गरेका थिए । तत्कालीन नेकपा फुटाउनै हुँदैन भनेर अड्डि लिएका शर्मा अन्ततः नेकपा (माओवादी केन्द्र) को पक्षमा दृढतापूर्वक उभिएर परिपक्व उमेर राजनीतिको लामो अनुभव र सन्तुलित संस्कारका कारण उनको सम्भावना बलियो रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय