
काठमाडौँ । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका नेपाली कांग्रेसका सांसदले प्रतिनिधिसभा बैठकमा सहभागी हुन नपाउने भएका छन् ।
सांसद टेकबहादुर गुरुङले प्रतिनिधिसभा बैठकमा सहभागी हुन नपाउने भएका हुन् । मनाङबाट निर्वाचित उनी गत ८ गतेदेखि स्वतः निलम्बन भएको संसद सचिवालयले जनाएको छ । उनले पुस ७ गते सांसदको हैसियतमा शपथ ग्रहण लिएका थिए ।
विशेष अदालतमा मुद्दा विचाराधीन भएकाले अख्तियारले निलम्बन गर्न लेखी पठाएअनुसार उनी स्वतः निलम्बन भएको महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।
