नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच छिट्टै एकता हुने भएको छ । माओवादी स्रोतका अनुसार दुई दलका शीर्ष नेताहरुबीच एकताका लागि शनिबार छलफल भएको हो । एकता केही दिनमै हुनसक्ने पनि स्रोतले जनाएको छ ।

यसबारे माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि यसलाई पुष्टि गरेका छन् । गुरुङले एकताका लागि भएको औपचारिक छलफल नभए पनि एकीकृत समाजवादीसँग एकता गर्न माओवादी केन्द्र सदैव तयार रहेको बताए । ‘औपचारिक रुपमा छलफल नभए पनि अनौपचारिक रुपमा यो आन्दोलनमा सहयात्री भएकाले अन्तरकुन्तर चलिरहन्छ,’ महासचिव गुरुङले भने, ‘एकीकृत समाजवादीसँग एकताको कुरा त पहिलेदेखि हुँदै आएको हाे । उहाँहरुले जतिबेला एकता चाहनुभयो त्यतिबेलै हुन्छ ।’

माओवादी र एकीकृत समाजवादीका नेताबीच पार्टी एकताको सन्दर्भमा स्थानीय निर्वाचनपछि नै छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय