 
							उर्लाबारी- मोरङ-१ प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिक बहादुर लिम्बुले करको मारमा ब्यापारीहरु परेको गुनासो आएको बताएका छन। करको दायरालाई घटाउनु पर्यो भन्ने ब्यापारीहरुको गुनासो सम्बोधन हुनुपर्नेमा आफ्नो जोड रहेको बताए।
त्यस्तै सभालाई सम्बोधन गर्दै रास्ट्रपति बिद्या देबि भण्डारीले सदनले दुई-दुई पटक सदनबाट पास गरेर पठाएको नागरिक्ता विधेक फिर्ता गरेर हजारौं नागरिकहरुलाई नागरिक्ता लिनबाट बन्चित गरेको आरोप लगाएका छन।
“उनले भने” रास्ट्रपतिले सिङ्गो देशको मर्म भावना अनुसार काम नगरेर रास्ट्रीय मुद्दाका कुराहरुमा बिचार पुर्याएर निर्णय गर्नुपर्थ्यो तर वहाले त्यसो गर्नु भएन। सिङ्गो केपि ओलिको रास्ट्रपतिको रुपमा काम गर्नु भयो । यो न्यायपुर्ण छैन।
यसैगरी मोरङ्ग जिल्लाको उत्तरी क्षेत्रका बिकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए भने सुकुम्बासी समस्या, स्वास्थ्य, सडक, संचार,खानेपानी, खोलानाला नियन्त्रणका लागी आफ्नो पहिलो प्रथामिक्ता रहने बताए।
“उनले भने” मेरो अनुहार पुरानै हो। सबै माझ चिरपरिचित छु। पहिलो सम्बिधा सभामा प्रतिनिधि बनाएर पठाउनु भयो। श्रोत सादन र बिबेकले भ्याए सम्म काम गरेको छु। फेरि पनि मलाई मत दिएर पठाउनुहोस तपाईहरुकै सेवक भएर निरन्तर काम गर्ने छु।




 
								
 
										 
										 
												 
												 
												 
												 
												 
												



 
											 
								 
								 
								 
								