 
							उर्लाबारी, मङ्सिर-१
मोरङ १ लोकतान्त्रिक बाम गठबन्धनको क्षेत्रीय आम सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य “ख” का उम्मेदवार उपेन्द्र प्रसाद घिमिरेले सम्बिधान रक्षाका लागि एमाले बाट बिद्रोह गरेको बताएका छन।
बाम गठबन्धनबाट ठूलो पार्टी बनेपछि ओलीले सम्बिधान र ब्यावस्था माथिनै आक्रमण गर्न सुरुगरेपछी आफुले सम्बिधान रक्षाका लागि सामसदको लोगो फुकालेर बिद्रोह गरेको बताएका हुन।
सभालाई सम्बोधन गर्ने क्रममा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र सहितको गठवन्धन बन्नमा ओलिकै दम्ब र घमण्डले निम्त्याएको आरोप समेत लगाए। यस्तै घिमिरेले उत्तरी मोरङको बिकास, समृद्धि र स्थायी सरकार निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन।
चुनाबी सभामा प्रतिबद्धता सार्बजनिक गर्दै उनले भने” यो निर्वाचन अग्रगमन र पस्चगमनको लडाई हो। अग्रगमन चाहानेहरुले पक्कै पनि यो गठबन्धनलाई भारी मतका साथ बिजय गराउने छन। र हाम्रो बिजय निश्चितै छ।
“नेकपा एमालेलाई इङ्गित गर्दै भने” उता पट्टि पनि गठबन्धन छ। त्यसलाई हामी गठबन्धन भन्दैनौ त्यो ठग बन्धन हो। त्यसैले यो गठबन्धन तर्फका तिनै जना उम्मेदवारलाई बिजय गराएर यो ब्यावस्था र सम्बिधानको रक्षा गर्नु तपाईहरुको दायित्व हो।’उनले थपे’




 
								
 
										 
										 
												 
												 
												 
												 
												 
												



 
											 
											 
											 
								 
								 
								 
								