 
							केराबारी- लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार तथा मन्त्री घिमिरे केराबारी ५ नम्बर वडाका मतदाताहरु सङको छलफलमा जुटेका छन। स्थानीय स्तरमा भएका समस्या र समाधानको बिकल्प पहिल्याउन मङलबार घर दैलो तथा चुनाबी अभियानमा केराबारी र धरानको सिमाना राजारानी र देबिटार पुगेर जनताका गुनासोहरु सुनेका छन।
राजनीतिक स्थायित्व र बिकास निर्माणका काम सम्पन्न गर्नुपर्ने थुप्रै योजनाहरु रहेको बताए। आफुलाई मतदान गरेर बिजय बनाएर पठाए तपाईहरुको सिर निहुराउने काम कहिले गर्ने छैन। “उनले भने”
नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजबादीबाट उम्मेदवार बनेका घिमिरेले दलका नेताहरुलाई भने” तपाईहरु जमानी बसिदिनु होस। काम गरेर देखाउने छु।
यस्तै केराबारी ५ मा खानेपानी योजना अन्तर्गत आफुले योजना पारेर निर्माण गरेका बताए। भने केराबारी ३ मा मगर संग्रहलयको लागि पनि योजना पारेर सास्कृतिक सरक्षणका लागि महत्वपूर्ण भुमिका खेलेको उनले बताए।
छलफलकै क्रममा मन्त्री समेत रहेका घिमिरेले खानेपानी डिभिजन कार्यलयलाई खाने पानीमा रहेका समस्या समाधान गर्न ठाडो निर्देश दिएका छन। छलफलमा सहभागी सबैलाई टेलिफोन सम्बाद सुनाएका थिए।




 
								
 
										 
										 
												 
												 
												 
												 
												 
												



 
											 
								 
								 
								 
								