लेटांग-बाम लोकतान्त्रिक गठबन्धन मोरङ-१ को चुनाबी अभियान तथा घर दैलो कार्यक्रम तिब्र गतिले अघि बढीरहेको छ। मोरङ १ प्रदेश सभा सदस्य, सुचना तथा संचार मन्त्री उपेन्द्र प्रसाद घिमिरे चुनाबी छलफल तथा मतदाता भेटघाटमा ब्यस्त रहेका छन।
चुनावी अभियान र मतदाता भेटघाटकै क्रममा बिहीवार लेटाङ नगरपालिका वडा नम्बर १ का मतदाता सङ भेटघाट गरेका हुन। भेटघाटका क्रममा मतदाताहरुले राखेका जिज्ञासा र माग आफुले पूरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन। लेटाङ नगरको दुर्गम वडाको रुपमा रहेको साग्मा, खर्बनी, ठोक्रे, बथा, आरुबोटे थामा डाडामा यातायात तथा खानेपानीको मुख्य समस्या रहेको छ।

सो क्षेत्रका मतदाताहरुले राखेका माग र समस्यामा मन्त्री घिमिरे आफू जानकार रहेको बताए।आफू सामसद भएपछि सो क्षेत्रमा बिधुत बिस्तार सडक स्तर उन्नतिका लागि बिगतमा आफ्नो अतुलनीय योगदान रहेको बताए भने बिकास निर्माणका काम सम्पन्न गर्न अझै बाकी रहेकोले सो कार्य सम्पन्न गर्न आफू पुनः उम्मेदवार भएर आएको बताए।
यस्तै मतदाता सङको भेटघाटमा उनले बाटोको इन्जिनियर, नेपाल टेलिकम टावरको लागि दुर संचार र खाने पानीका आधिकारिक ब्यक्तिहरु सङ लाइभ सम्बाद गरेर स्थानीयलाई सुनाएका थिए।

यसैगरी सडक स्तर उन्नतिका लागि डिपिआर,विधुतीय पोलहरु अपुग भएको ठाउमा तत्काल बिधुत विस्तारका लागी काम सुचारु गर्न टेलिफोन मार्फत बिधुत प्राविधिकरण लाई निर्देशन दिएका छन्। भने तत्काल सो मागहरु सम्बोधन हुने देखिएको छ। भने चुनाबी अभियानमा सहभागी मतदाताहरुले जनताको दु:ख सु:खमा साथ् दिने गठबन्धनकाहरुलाई मतदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

सहभागी मध्यका एकजनाले भने आज म यसरि हिड्न पाउनुनै वहाहरुको देन हो। हिजो उपचार अभाबका कारण मेरो खुट्टा काट्नुपर्छ भन्ने डाक्टरको सल्लाह नमानेर अस्पतालबाट निस्किएको थिए। कसैले हेरेनन सहयोग गरेनन, वहाहरुले सहयोग गर्नु भयो यसरी घर आगनमा फेरी भेट्ने अवसर पाउदा खुसि लागेको छ। वहाहरु गठबन्धनका उम्मेदवार हुनुहुदो रहेछ हामि निधक्क भोट दिन्छौ।










