लेटाङ- मोरङ १ का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डिक बहादुर लिम्बू र उपेन्द्र प्रसाद घिमिरेले लेटाङ्ग र केराबारीमा भएका बिकास निर्माणका कामको आधारमा मतदिन अनुरोध गरेका छन। गठबन्धन निर्वाचन परिचालन समितीले आयोजना गरेको लेटाङ ४ नम्बर वडाको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहेका लिम्बू र विशिष्ट अतिथि रहेका घिमिरेले आफ्ना कार्यकालमा बनेका संरचनाहरुलाई अन्य बिपक्षी उम्मेदवारहरुले नियोजित रुपम भ्रम फैलाउने काम गरेको बताए।
No description available. यस्ता प्रवित्ती देखि सबै गठबन्धनका नेता कार्यकर्ता सर्जक रहनु पर्ने बताएका छन। चिसाङ खोलाको पुल निर्माण देखि मदन भण्डारी लोकमार्ग र लेटाङ्ग नगरपालिका बनाउदा सम्म मेरो महत्वपुर्ण योगदान र भुमिका छ। सम्बिधान निर्माणका लागि प्रतिनिधि भएर गए तपाईंहरुकै म्यान्डेट सदन सम्म पुर्याए अनि भन्ने यस क्षेत्रमा डिक बहादुर लिम्बुले केही गरेन? “प्रमुख अतिथी रहेका लिम्बुले प्रश्न गरे”

यस क्षेत्रवाट मैले निर्वाचन जिते देखि म तपाईहरुकै दुख सुखमा छु। हारे पनि रहन्छु जिते पनि रहन्छु। पहिला सम्बिधान निर्माणका लागि जिताएर पठाउनु भयो।अब त्यसलाई कार्यनयन गर्न र यस क्षेत्रको बिकास गर्न जिताउनुहोस। यश क्षेत्रको बिकासका लागि जे जति सक्छु त्यो म गर्न तयार छु। तपाईहरुको सेवक भएर काम गर्न चाहान्छु। एकपटक फेरि अवसर दिनुहोस।”लिम्बुले भने”

No description available. यस्तै मोरङ १ “ख” का प्रदेश सभा सदस्यका उम्मेदवार तथा सुचना तथा संचार मन्त्री उपेन्द्र प्रसाद घिमिरेले पनि बिकास प्रेमी नेता छानेर मतदान गर्न अनुरोध गरेका छन। आफुले मन्त्रालयको जिम्मेवार सम्हाले यता प्रदेश १ मा सवारी चालक अनुमति पत्रका लागि दिईने परिक्षालाई सहज बनाई दिएको बताए। भुवा खोला पुल निर्माण, खदम खोला पुल निर्माण, वारांगीको खेल मैदान,केराबारीको मगर संग्राहलय निर्माण र लेटांग- वारांगी जोड्ने सडक निर्माणमा गरेको योगदानलाई यस क्षेत्रका जनताले बिर्सन नहुने बताए।

लाइसेन्सको लागि पहिला २/३ बर्ष कुर्न पर्थ्यो अहिले फम भरेको १५ दिनमा लाइसेन्सका लागि ट्राईल दिन पाउने ब्यवस्था मिलाएको छु। हामिले ‘अरुले गरेका कामको जस लिएर मत माग्दैनौ’ पहिला काम गरेर देखाउछौ त्यसपछि भोट माग्छौ। अघिल्लो पटक मलाई जिताएर मेरो परिक्षण गर्नु भएको छ। फेरि पनि जिताएर मलाई तपाईहरुको सेवक बन्ने अवसर दिनु होस। “उनले थपे”
No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय