 
							विनोद मण्डल कार्तिक १३ । छठ पर्वकाे अवसरमा पछिम नवलपरासीको तलाउहरु सजिएको छ । जिल्लाका बिभिन्न ठाउँहरूमा रहेको पोखरी , नदी,तलाउ लगायतका ठाउँहरुमा स्थानियहरुले सरसफाई गर्दै छठ पर्वको अवसरमा अर्घ दिनका लागि घाटमा सामूहिक घाट बनाएर सफाई गर्दै घाटलाई बेहुली झै सिंगारेर पूजाको तयारीमा जुटेका छन् ।
छठ पर्व तराई मधेसका जिल्लाहरुमा भक्तिसाथ मनाइन्छ । यस पर्वमा खासगरी छठी भगवतीको पूजा गरिन्छ । छठ पर्व मनाएमा परिवारमा शान्ति कायम हुनुका साथै पुत्र, पति र परिवारको कल्याणमा सहयोग पुग्ने जनविश्वास रहेको पाईन्छ ।
छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।
पूजाको अवसरमा पाल्हिनन्दन वडा नं ३ बेलासपुरकाे छठ घाट स्थानियद्धारा भवयतापूर्वक सिंगारिएा यतिबेला डिजे लगायतका सामग्रीबाट छठको धार्मिक गीत बज्दै गर्दा स्थानिय यतिबेला खुशी देखिएका छन् । फोटो समाजिक सञ्जाल




 
								
 
										 
										 
												 
												 
												 
												 
												 
												



 
											 
											 
								 
								 
								 
								