मोरङ निर्वाचन क्षेत्र नम्बर -१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिक बहादुर लिम्बुले केराबारीमा भएको चुनावी अभियानका कोण सभालाई सम्बोधन गर्नु भएको छ। सभाका सभापति रहेका लिम्बुले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको बिरुद्ध बिपक्षी दलका उम्मेदवारले भ्रम फैल्याई रहेको बताए।

बिपक्षी दलका उम्मेदवारले आफुहरु विरुद्ध फैल्याएका भ्रमलाई निर्वाचन पछि बिजय भए काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन। आफू सामसद हुदा लेटाङ र केराबरीमा थुप्रै बिकास निर्माणका कामहरु अधुरो रहेको बताए। ती अधुरै रहेका योजना र बिकासलाई पुन एकपटक जनताले अवसर दिए पूरा गर्ने संकल्प रहेको बताए।

उनले आफू सम्बिधान सभा सदस्यको उम्मेदवार हुदा लेटाङ र केराबारीको पहाडी भेगमा धुले बाटो निर्माणको काम देखि मध्य पहाडी लोकमार्ग सडक खण्डको योजना आफ्नो कार्यकालमा भएको स्मरण गराएका छन। दुर्गम क्षेत्रहरुमा झोलुङ्गे पुलको योजनाहरु आफुले पारेको तर त्यसैलाई आधार बनाएर बिपक्षिहरुले विभिन्न सामाजीक संजालमा तस्बिर पोस्ट गरेर गठबन्धन बिरुद्ध भ्रम फैल्याएको बताए भने यस्ता भ्रममा नपर्न मतदातालाई सचेत हुन आग्रह समेत गरेका छन।

यसैगरी केराबारीका जनताहरुले राखेको जिज्ञासाहरुको जवाफ दिदै लिम्बुले ‘भने यहाँ सिचाई तथा खाने पानीको समस्या छ। दिप बोर्डिङ, सडक कालोपत्र र बिधुतका समस्या छन’ यस्ता समस्याहरुलाई समाधान गर्न योग्य उम्मेदवारलाई तपाईहरुले मतदान गरेर बिजय गराउनुहोस यी यस्ता समस्याहरुलाई पहिलो प्रथामिक्तामा हामी राख्ने छौ।

स्थानीयहरुले खोला नालाको प्रमुख समस्याहरु उम्मेदवार समक्ष राखेका थिए। उम्मेदवारहरुलाई समस्या टिप्पणी गरि बुझाएका छन। खोला ठेक्का प्रक्रियामा समेत गाउपालिकाले पक्षपात गरेको असन्तुष्ट व्यक्त गरिरहेका स्थानीयको गुनासो सम्बोधन हुने बताएका छन। भने यी तमाम समस्याहरुलाई समाधान गर्न आफ्नो पहल कदमी रहने मतदातालाई आश्वासन दिएका छन।

केराबारी वडा नम्बर ५ र ६ मा सडक कालोपत्रको काम लगभग ७५ प्रतिशत रहेको स्थानीयहरुले तत्काल सडक कालोपत्र गरि आवत जावतम सहज गरिदिन अनुरोध गरेका छन। यस्तै याङ्शिलाको माथिल्लो भेगमा खानेपानी तथा सिचाईको मुख्य समस्या रहेकोले समाधानका लागि गाउँपालिका देखि प्रदेश सरकार सम्म योजना मागको निवेदन पुगेको भए पनि हालसम्म आश्वासन बाहेक काम नभएको स्थानीयहरुले गुनासो राखेका थिए।

गुनासोहरुको जवाफ दिदै प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिक बहादुर लिम्बुले आफ्नो कार्यकालमा ति योजना छुटेको बताएका छन। भने यो निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवार लाई मत दिएर बिजय गराए ती अधुरा योजना र बिकास निर्माणका कामलाई पुर्णता दिने आश्वासन दिनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय