 
							केराबारी- सुचना तथा संचार मन्त्री उपेन्द्र प्रसाद घिमिरेले आफ्नो कार्यकालमा गरेका बिकास निर्माणका कामहरूका तस्बिर सामाजिक संजालमा पोस्ट गरेर एमालेका उम्मेदवार हरुले गठबन्धनका उम्मेदवार बिरुद्ध मिथ्या भ्रम छरिरहेको आरोप लाएका छन।
मोरङ्ग-१ का बाम लोकतान्त्रिक गठबन्धन तर्फका उम्मेदवार डिक बहादुर लिम्बू र मोरङ १ “ख” का उम्मेदवार तथा सुचना तथा संचार मन्त्री उपेन्द्र प्रसाद घिमिरे सनिबार केराबारी ५,६ र ७ नम्बर वडाका मतदाताहरु सङ भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री घिमिरेले आफुले गरेको कामको सराहना एमालेले लिन खोजेको बताएका हुन।
मंसिर ४ गते सम्पन्न हुने संघ र प्रदेश निर्वाचनका लागि मत माग्दै केराबारीका विभिन्न ठाउहरुमा कोण सभालाई सम्बोधन गर्नु भएको थियो। सभाका सभापतित्व प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिक बहादुर लिम्बुले गर्नु भएको थियो भने अतिथि मन्त्री उपेन्द्र प्रसाद घिमिरे रहनु भएको हो।
सभालाई सम्बोधन गर्दै मन्त्री घिमिरे ले भने “यो लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा एमालेका उम्मेदवार भन्दा भिन्न छ। यसकारण भिन्न छ कि गठबन्धनको सरकारले गरेका बिकास निर्माणका कामहरु माथी एमालेले भ्रम फैलाएर सामाजिक संजालमा फोटो हाल्दै भोट मागिरहेका छन।
सम्बिधान सभाका पुर्ब सामसद डिक बहादुर लिम्बुको कार्यकालमा योजना परेर निर्माण भएको चिसाङ खोला र झोलुङ्गे पुलहरुको फोटो सामाजिक सन्जालमा पोस्ट गरेर भोट माग्दै छन। तर होसियार यो काम एमालेको सरकार भएको बेला भएको हैन। नझुक्किनु होला “उनले भने”
मन्त्री घिमिरेले आफु सामसद भएपछी लेटाङ र केराबारीमा भएका दर्जनौं बिकास निर्माणका कामहरुको स्मरण गर्नु भएको थियो। कामको आधारमा नेताहरुको मुल्यांकन गरेर मतदान गर्न मतदातालाई आग्रह समेत गर्नु भएको छ।
नेकपा एमाले र माओवादी केन्द्र बिच भएको गठबन्धनको सरकारमा भएका बिकास निर्माणका कामहरुको अहिले निर्वाचनको बेला एमालेले एकलौटी जस लिन खोजेको उनको आरोप छ। घिमिरेले भने” हामी एमाले जस्तो दुई-दुई पटक सम्म सम्बिधान माथी हमला गरेर जनताका अधिकार लाई च्युत गर्ने पार्टीका नेता कार्यकर्ता हौईनौ हामी त जनताका दुख सुख र अप्ठ्यारोमा साथ दिन उम्मेदवार भएर आएका हौ”।
तसर्थ बैमान पार्टीका उम्मेदवारलाई भोट दिए भने फेरि पनि यश क्षेत्रका जनताले दुख पाउने छन, आफैले मनन गर्नुहोस सवै भन्दा धेरै भ्रस्टाचार केपि ओलिकै नेतृत्वको सरकारमा भएको थियो’ त्यो पार्टीका उम्मेदवारलाई मतदान गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो।”उनले थपे”




 
								
 
										 
										 
												 
												 
												 
												 
												 
												



 
											 
											 
											 
								 
								 
								 
								