 
							केराबारी- लोकतान्त्रिक बाम गठबन्धन मोरङ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवारहरु आफ्ना निर्वाचन क्षेत्रमा जनताहरु सङ भेटघाटमा ब्यस्त छ्न। निर्वाचन परिचालन समितीका कार्यक्रम तालिका अनुसार लेटाङ, केराबारी र मिक्लाजुङका मतदाताहरु सङ क्रमशः भेटघाट गरिरहेका छन।
मोरङ्ग-१ मा लोकतान्त्रिक बाम गठबन्धन प्रतिनिधि सभा सदस्य तर्फका उम्मेदवार डिक बहादुर लिम्बू र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र न १ “ख” तर्फका उम्मेदवार उपेन्द्र प्रसाद घिमिरेले शुक्रबार केराबारीका विभिन्न ठाउका मतदाताहरु सङ भेटघाट गरेका छन।
उत्तरी मोरङका लोकप्रिय नेताका रुपमा आफुलाई जनता माझ स्थापित गराएका दुबै नेता बिकास प्रेमीका रुपमा त्यहाका जनताहरुले चिन्ने गर्छन। विशेषगरी लेटाङ, केराबारीमा बाटो घाटो पुल निर्माणका कार्ययोजना मार्फत बिकास निर्माणका काममा महत्वपूर्ण भुमिका निर्वाह गरेका कारण यात्रा गर्न सहज भएको अधिकाक्ष मतदाताहरु बताउछन।
यसरी आफ्ना निर्वाचन क्षेत्र बिकासका लागि पहल गर्ने जनताका पक्षमा काम गर्ने नेताहरुलाई फेरि पनि उम्मेदवार को रुपमा देख्न पाउँदा मतदाताहरुले खुसी ब्यक्त गरेका छन।भने उम्मेदवारहरुको पक्षमा मतदान गर्न कति पनि कन्जुस्याइँ नगर्ने उनिहरुले बताए।
घरदैलो कार्यक्रम सहित जनताका घर आगन सम्म पुगेका उम्मेदवारहरुले आफुहरुले फेरि पनि बिजय भए के कस्ता योजनाहरुमा काम गर्ने? कस्ता बिकासका योजनालाई प्रथामिक्ता दिने भन्ने बारे प्रतिबद्धता पत्रनै बाडेका छन।
करिब ८ वजे बिहान देखि चलेको घरदैलो अभियान साझ सम्म चलेको थियो। भने आज केराबारी ३,१०,८ नम्बर वडाको घरदैलो अभियान सकिए सङै कार्यक्रम स्थगित गरिएको छ।




 
								
 
										 
										 
												 
												 
												 
												 
												 
												



 
											 
											 
											 
								 
								 
								 
								