 
							नेकपा एमालेका महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र दाङ–२ का दुई दर्जन एमाले कार्यकर्ता आज माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर ९, भगुवारमा आज आयोजित एक कार्यक्रममार्फत् २४ जना एमाले कार्यकर्ताले माओवादी रोजेका हुन् । एमाले छाडेर आफ्नो पार्टीमा आएका नवप्रवेशीलाई सो क्षेत्रका माओवादी उम्मेदवार रेखा शर्माले स्वागत गरेकी हुन् ।
दाङ–२ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार शर्मा र एमालेका पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । स्थानीय तह निर्वाचनको मत परिणामका आधारमा गठबन्धन बलियो रहेको सो क्षेत्रमा पोखरेल बलिया प्रतिस्पर्धी हुन् । त्यसैले यहाँको चुनावी भिडन्तलाई चासोका साथ हेरिएको छ । जनआस्था




 
								
 
										 
										 
												 
												 
												 
												 
												 
												



 
											 
											 
											 
								 
								 
								 
								