लेटाङ- मङ्सिर ४ गते सम्पन्न हुने संघ र प्रदेशको निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर १ “ख” अन्तर्गतको कार्यक्रम आइतबार मिक्लाजुङमा सम्पन्न भएको छ।

उत्तरी मोरङ मिक्लाजुङ-५ का जनताहरु सङ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले प्रतिबद्धता सहीत प्रत्यक्ष रुपमा भेटघाट गरि साक्षत्कार गरेका छन। स्थानीय स्तरका समस्या र समाधानका दीर्घकालीन योजनाहरु बारे साक्षत्कार भएको हो।

भेटघाट तथा साक्षत्कार कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डिक बहादुर लिम्बू रहनु भएको थियो। त्यस्तै विशेष अतिथिका रुपमा प्रदेश सभा सदस्य पदका उम्मेदवार उपेन्द्र घिमिरे रहनु भएको हो।

भने कार्यक्रमलाइ निर्वाचन परिचालन समिति सदस्य सचीव भुपेश लिम्बुले सहजीकरण गरेका थिए। कार्यक्रमका अध्यक्षता निर्वाचन परिचालन समिती संयोजक सान्ति पाख्रिनले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय