आउँदो ४ मंसिरको चुनावका लागि कांग्रेसले आफ्ना उम्मेदवारलाई आर्थिक सहयोग दिने भएको छ । हरेक निर्वाचन क्षेत्रका उम्मेदवारलाई दामाशाही हिसाबले रकम उपलब्ध गराउन लागेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फका उम्मेदवारलाई आर्थिक सहयोग दिन लागेको हो । तर, प्रतिनिधिसभाभन्दा प्रदेशसभाका सदस्यले कम रकम पाउने छन् ।

कांग्रेसले प्रतिनिधिसभाका उम्मेदवारलाई ४ लाख रुपैयाँ र प्रदेशसभाका उम्मेदवारलाई  २ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउन लागेको हो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पाैडेलले प्रतिनिधिसभाका उम्मेदवारलाई चार लाख र प्रेदशसभाका उम्मेदवारलाई दुई लाख रुपैयाँ दिने  निर्णय भएकाे जानकारी दिए ।

कांग्रेसले यसरी वितरण गर्ने रकम प्रत्यक्षतर्फ उम्मेदवार हुनेले मात्रै पाउनेछन् । समानुपातिक उम्मेदवारले खर्च व्यवस्थापन आफैँले गर्नुपर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसले गठबन्धनका कारण यसपटक प्रतिनिधिसभातर्फ ८९ सिटमा उम्मेदवारी दिएको छ । १ सय ६५ मध्ये ८९ सिटमा उम्मेदवार दिएको कांग्रेसले उम्मेदवारलाई ४ लाख रुपैयाँ दामाशाही रुपमा चुनाव खर्च उपलब्ध गराउँदा,

मात्रै पनि करिब ३ करोड ५६ लाख रुपैयाँ आवश्यक  पर्छ । प्रदेशसभामा कांग्रेसले १८४ क्षेत्रमा उम्मेदवार उठाएको छ । ती  प्रदेशसभाका उम्मेदवारलाई २ लाखको दरले दामाशाही रुपमा उपलब्ध गराउने हो भने ३ करोड ६८ लाख रुपैयाँ दिनुपर्ने हुन्छ ।

त्यसरी हेर्दा चुनावमा कांग्रेसले पार्टीको कोषबाट ७ करोड २४ लाख रुपैयाँ उम्मेदवारका लागि खर्च हुने भएको छ । हरेक निर्वाचनमा कांग्रेसले उम्मेदवारलाई आर्थिक सहयोग गर्दै आएको छ । अन्जुली अनलाइन बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय