काठमाडौँ- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलले कार्य तालिका सार्वजनिक गरेको छ । बैठकले नारा र कार्यक्रम सार्वजनिक गरेको हो ।
बैठकले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भन्ने नारा तय गरेको गठबन्धन दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव गंगा दाहालले जानकारी दिए ।
यस्तै बैठकले गठबन्धन दलको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । जसमा कार्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा हुने भेलामा नेकपा एकीकृत समाजवादीले व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
कार्तिक ४ गते नै लुम्बिनी प्रदेशको बुटवलमा नेपाली काङ्ग्रेसले व्यवस्थापन गर्ने गरी भेला हुने, कार्तिक ५ गते विराटनगरमा नेपाली काङ्ग्रेसले व्यवस्थापन गर्ने, कार्तिक ५ गते नै जनकपुरमा लोसपालाई समेत आमन्त्रण गरी व्यवस्थापन नेपाली काङ्ग्रेसले व्यवस्थापन गरी भेला गर्ने भएको छ ।
यसैगरी कार्तिक ६ गते धनगढीमा नेकपा माओवादी केन्द्रले व्यवस्थापन गर्ने गरी भेला गर्ने, कार्तिक ६ गते सुर्खेतमा हुने भेलालाई नेपाली काङ्ग्रेसले व्यवस्थापन गर्ने, कार्तिक ७ गते बागमतीको काठमाडौँमा माओवादी केन्द्रले व्यवस्थापन गर्ने गरी भेला गर्ने निर्यण भएको छ ।








