काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहालाई सत्ता गठबन्धन दलले सहयोग गर्ने भएको छ ।
नेकपा एमालेका नेता समेत रहेका उनले रौतहट ३बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । सत्ता गठबन्धनको भागबन्डामा सो क्षेत्र माओवादी केन्द्रको भागमा परेको थियो । माओवादीले बुधवार मात्रै आफ्नो उम्मेदवार रवीन्द्र पटेललाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो ।

स्वतन्त्र उम्मेदवारी दिएका साहले चापाकल चुनाव चिह्न पाएका छन् । बुधबार निर्वाचन आयोगले साहलाई चापाकल चुनाव चिह्न दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय