काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले समानुपातिकको बन्द सूची तयार पार्न कार्यदल बनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान बसेको बैठकले महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवहरु गिरिराजमणि पोखरेल र वर्षमान पुन सदस्य रहेको कार्यदल बनाएको सचिव गणेश साहले जानकारी दिए ।
कार्यदललाई सूची बढाउने–घटाउने, मापदण्ड पूरा भए–नभएको जाँच गर्ने र क्लस्टर मिलाउने जिम्मेवारी दिइएको उनले बताए।
प्रदेशबाट समानुपातिक उम्मेदवारको लामो सूची आएकाले आजको बैठक निष्कर्षमा पुग्न नसकेको भन्दै उनले पुनः सर्ट लिष्ट बनाएर पठाउन निर्देशन दिएको बताए।
आज कार्यदलले काम गरेर बन्द सूचीलाई मिलाएपछि भोलि बिहान बस्ने पदाधिकारी बैठकले अन्तिम निर्णय लिने शाहले जानकारी दिए । सोमबार अन्तिम रुप दिएर निर्वाचन आयोगलाई समानुपातिक लिष्ट बुझाउने माओवादीको तयारी गरेको छ । निर्वाचन आयोगले समानुपातिकको बन्द सूची बुझाउन आज र भोलिका लागि समय दिएको छ।








