काठमाडौँ । सत्ता गठबन्धन दलहरूबीच सिट संख्याको दाबीबाट पछि नहट्ने भएको छ । जसका कारण सत्ता गठबन्धनको सिट बाँडफाँटसम्बन्धी आज बसेको कार्यदलको बैठकमा कुनै प्रगति हुन सकेन ।

सहमति नभएपछि अहिलेसम्म कार्य दलमा उठेका विषय शीर्ष तहलाई जानकारी गराउने सहमति भएको छ । अर्को बैठक कहिले बोलाउने निर्णय गर्ने अधिकार नेपाली कांग्रेसलाई दिएको नेकपा माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

सिट बाँडफाँटका लागि बनेको कार्यदलको बिहीबार बसेको बैठकमा कांग्रेसले १०० र माओवादी केन्द्रले ६० सिट दाबी गरेको थिए । एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय