
काठमाडौं -नेकपा (माओवादी केन्द्र)को संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई कारवाहीको माग गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारीलाई बर्खास्त गरी छानबिन गर्न ध्यानाकर्षण गराएको हो । वाइसीएलले एमालेको अर्थ विभाग सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गर्न माग गरेको हो ।
संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने, विपद् व्यवस्थापन तथा आकस्मिक उद्धारका साथै युवाहरूको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्नु पर्ने माग वाईसीएलले राखेको छ ।