काठमाडौं । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड आज दिल्ली जाँदै छन् । अध्यक्ष दाहाल भारतीय जनता पार्टी (भाजपा(को निमन्त्रणामा ३ दिने भ्रमणको लागि दिल्ली जान लागेका हुन् ।

दाहाल दिउँसो १ बजे  नयाँ दिल्लीतर्फ प्रस्थान गर्नेछन् । डेढ महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारतकोतर्फबाट निम्तो दिएको दाहालको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार  त्यसक्रममा अध्यक्ष दाहालले जुलाइको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए पनि भाजपाका अध्यक्ष जगतप्रकाश नड्डाले नै निम्तो दिएपछि औपचारिक रुपमा भ्रमण तय भएको हो ।

दाहालको भारत भ्रमणबारे बिहीबार बसेको माओवादीको स्थायी समिति बैठकमा समेत छलफल भएको छ । अध्यक्ष दाहाल  साउन १ गते आइतबार स्वदेश फर्किने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय