काठमाडौंः यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको छ।

विभागले आज एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश चल्ने यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो।

विभागका अनुसार यात्रुबाहक सवारीको हकमा  १.७९  प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा २.३४ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा २.६ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।

इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको छ  । सोही नीति अनुरुप गाडीको भाडा बढाएको विभागले जनाएको छ । विभागका अनुसार बढेको भाडा आजै लागु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय