काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ४१ सदस्यीय स्थायी कमिटी बनाउने निर्णय गरेको छ । केन्द्रीकमिटीको जारी बैठकले स्थायी कमिटी ४१ सदस्य रहने निर्णय गरेको हो ।
बैठकमा नेकपाकालीन स्थायी कमिटीका १५ सदस्यहरू निर्बिवाद रहने निर्णय भएको र त्यसबाहेक सात प्रदेशका इन्चार्ज र कार्यालयका मुख्यसचिवसमेत स्थायी कमिटीमा रहने हुँदा ३३ जनाकाे टुंगाे लागेकाे माओवादी केन्द्रले जनाएको छ ।
त्यसबाहेक आमन्त्रित र महिलाहरूको समेत नाम राखेर एक हप्ताभित्र टुंग्याउने निर्णय भएको बैठकमा सहभागी माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
-यी हुन् स्थायी समिति सदस्य
१. पुष्पकमल दाहाल ‘प्रचण्ड’ २.नारायणकाजी श्रेष्ठ ३. कृष्णबहादुर महरा ४. उर्मिला अर्याल ५. पम्फा भुसाल ६. हरिबोल गजुरेल ७. गणेश शाह ८. देव गुरुङ ९. वर्षमान पुन १०. जनार्दन शर्मा ११. दीनानाथ शर्मा १२. सुरेश आलेमगर १३. वामदेव क्षेत्री १४. पूर्णकुमारी सुवेदी १५. गिरिराजमणि पोखरेल १६. चक्रपाणी खनाल १७. मात्रिका यादव १८. देवेन्द्र पौडेल १९. लीलामणि पोखरेल, २०.शक्ति बस्नेत २१. जयपुरी घर्ती २२. शशि श्रेष्ठ २३. हितमान शाक्य २४. अमृता थापा २५. ओनसरी घर्ती २६. राम कार्की २७. कालीबहादुर मल्ल २८. खगराज भट्ट २९. प्रह्लाद बुढाथोकी ३०. भरतप्रसाद साह ३१. महेन्द्रबहादुर शाही ३२. यशोदा गुरुङ ३३. रेखा शर्मा










