काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पदाधिकारी स्थानीय र पोलिटब्युरो चयन गर्ने भएको छ । त्यसका लागि आकांक्षी धेरैले चुनावमा जानुपर्ने माग राखेपनि चुनाव नगर्ने सहमति बनेको छ ।

मंगलबार पार्टी अध्यक्ष पुष्पकमल कमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको कार्यालयको विस्तारित बैठकले निर्वाचन नगरी सहमतीय आधारमा नाम चयन गर्ने समझदारी बनेको हो ।

एउटै एजेण्डामा विहान ९ बजेदेखि पौने एक बजेसम्म बसेको बैठकमा पदाधिकारी चयनका लागि चुनाव नगर्ने समझदारी बनाएको हो । अध्यक्ष प्रचण्डले सुरुमा पदाधिकारीदेखि स्थायी र पोलिटब्युरो चयनका विषयमा धारणा मागेका थिए । त्यसपछि कार्यालयका सदस्यहरुले सुझावसहित आफ्नो दाबी पेश गरेका थिए ।

‘भोलि पदाधिकारी चयन हुन्छ, केन्द्रीय समिति बैठकमा अध्यक्षले पेश गर्नुहुन्छ, आजको बैठकले अध्यक्षलाई सुझाव सहित नाम प्रस्तावगर्ने अधिकार दिएको छ,’ एक नेताले भने । वर्षमान पुन, जनार्दन शर्मा, मात्रिका यादवले पदाधिकारीमा इच्छा राखेका छन् । शर्मा र पुनको दाबी महासचिवमा छ भने यादवले वरिष्ठ उपाध्यक्ष दाबी गरेका छन् ।

नारायणकाजी श्रेष्ठ भने वरिष्ठ उपाध्यक्षमा स्वाभाविक दाबेदार हुन् । श्रेष्ठसँग अन्तर्विरोध राख्दै आएका यादवले आफूलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने दाबी गरेका छन् ।

माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेगरी पदाधिकारी रहने व्यवस्था छ । आकांक्षी धेरै भएपछि उपाध्यक्षको संख्या बढाउन सक्ने संभावना रहेको स्रोतको भनाई छ ।

पदाधिकारीको नाम प्रचण्डले प्रस्ताव गर्ने
अध्यक्ष प्रचण्डले पदाधिकारीलाई पूर्णता र कमिटी गठनका लागि नेताहरुको नाम प्रस्ताव गर्ने भएका छन् । मंगलवार प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बिस्तारित बैठकमा अध्यक्ष प्रचण्डले नाम प्रस्ताव गर्ने तय समझदारी भएको हो ।

माओवादी केन्द्रका एक नेताका अनुसार अध्यक्ष कमरेडले भोली (बुधबार) नाम प्रस्ताव गर्ने तय भएको हो । आइतवार सुरु भएको केन्द्रीय कमिटीको बैठकमा सोमवार प्रचण्डको राजनीतिक प्रस्तावमाथि छलफल भएको थियो ।

मंगलवारको बैठक सुरु हुनु केही समय अघि मात्रै स्थगित भएको थियो । केन्द्रीय सदस्यले पदाधिकारी टुंगो लगाउन प्रचण्डलाई दबाब दिदै आएका छन् । बुधवार बस्ने बैठकमा पदाधिकारी चयनका लागि प्रचण्डले नाम प्रस्ताव गर्ने तय भएको हो ।

संगठनको ठोस प्रस्ताव बनाउने जिम्मा बैठकले प्रचण्डलाई दिएको जानकारी प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए । ‘खुमलटार बैठकले संगठनको ठोस प्रस्ताव तयार पार्ने जिम्मेवारी अध्यक्षलाई दिएको र सबै नेताहरुको सुझावका आधारमा प्रचण्डले प्रस्ताव तयार पार्ने मल्लले बताए ।

माओवादी केन्द्रमा महासचिवका लागि वर्षमान पुन र जनार्दन शर्माबिच तीब्र प्रतिस्पर्धा छ । २०७८ पुस १८ गते महाधिवेशन सकिएको भए पनि त्यसयताको ६ महिनासम्म माओवादीले अध्यक्ष बाहेक पदाधिकारी छान्न सकेको छैन । पदाधिकारी,स्थायी कमिटी र पोलिटब्यूरो लगायत ९ एजेण्डामा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा छलफल भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय