
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता सुदन किरातीले पार्टीका नेताहरु भ्रष्टहरुको घेरामा परेकै कारण नुन खाएको कुखुरा जस्तो भएको टिप्पणी गरेका छन् ।
सोमबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठमा धारणा राख्दै संघीय सांसद समेत रहेका केन्द्रीय सदस्य किरातीले माओवादी केन्द्र भ्रष्टहरुको अखडा भएको टिप्पणी गरेका हुन् ।
बैठकमा नेता किरातीले पाँच बुँदे धारणा राख्दै अध्यक्ष प्रचण्डको वरिपरि घुमेर ठग्नेहरुले पार्टीलाई बदनाम गराएको बताए ।
यस्तो छ नेता किरातीको भनाई
— हाम्रो आचरणले राजनीति बिद्रुपीकरण भयो लोकतन्त्र मानिसको जीवन पद्दति हुन सकेन
— चिनियाँ उखान छ आफ्नो घर बनाउन नसक्नेले समाज बनाउन सक्दैन । पार्टी संरचना बनाउन नसक्नेले मुलुक बनाउन सकिँदैन भन्ने सन्देश गयो। पदाधिकारी बनाउन सक्नु भएन भने जनवाद प्रयोग गरौ हामी बनाउँछौ ।
— हाम्रो बिचार ठिक छ अब कार्यक्रम बनाउ अनि ५ वर्षे कार्यविभाजनमा जाउँ एक केन्द्रीय सदस्यले एक स्थानीय तह जिताऔँ हामी प्रतिबद्ध भयौँ भने समाजवाद यही बाटोबाट आउँछ ।
—हामी अरुभन्दा केही भिन्न देखिन सकौँ स्वास्थ्य शिक्षा सुधारौँ कमसेकम वडा तहको जनप्रतिनिधिदेखि हामी केन्द्रीय सदस्यहरुको छोराछोरी सरकारी स्कूलमा पढाउन लैजाऔँ। अरुभन्दा झन् खराब देखिन थालियो अरु बगेको मूलको खान्छन्, थाहा पाइँदैन, जस्तै बतास, ओम्नी यति खान्छन् हामी ढलको पानी पिउँदैछौ ९सुब्बा खरदार सरुवामा पैसा खाँदै छौ० हामीलाई झाडापखाला लाग्दै छ ।
— अध्यक्ष तपाई महिनामा १० पटक भेटेर ठग्नेहरु महिनामा कति पल्ट फिल्ड जानु भयो भनेर सोधिदिनुहोस् काम गर्नेलाई पुरस्कार र नगर्नेलाई दण्डको विधि बनाउनुहोस् ।