काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ।
नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो।
निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलरमटितेलमा प्रतिलिटर ९र९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको छ।
नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोल १ सय ८१ रुपैयाँ, डिजेल र मटितेल १ सय ७२/१ सय ७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १ सय ९० रुपैयाँ पर्नेछ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ।











