
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् ।
आइतबारदेखि काठमाडौंको प्रज्ञाभवनमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले स्थानीय तह निर्वाचनमा घात प्रतिघात देखिएको भन्दै यो गम्भीर विषय भएको बताए ।
यसलाई पार्टीले गम्भीरतापूर्वक लिएको उनको भनाइ छ । प्रचण्डले गठबन्धन अपेक्षा गरेजस्तो सफल हुन नसकेको पनि बताएका छन् ।