काठमाडौँ : नेकपा एमालेका पोलिटव्यूरो सदस्य गुलावजंग शाहको एक युवतीसँगको टिकटक भिडियो सार्वजनिक भएको छ ।

एमालेका कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक र सल्यान प्रदेशसभा (क)बाट निर्वाचित शाह र नेकपा एमाले सल्यानकाे जिल्ला कमिटी सदस्य रहेकी युवतीसँग टिकटक भिडियो सार्वजनिक भएको हो ।

भिडियो कहिले टिकटकमा अपलोड गरेको हो भन्ने नदेखिए पनि यो समाचार तयार पार्दसम्म १७ वटा लाइक, १ वटा कमेन्ट र २ वटा सेयर भएको छ । अहिले त्यो भिडियो टिकटकमा छैन् तर शाहसँगै खिचेका फोटोहरु जोडेर बनाएको भिडियो भने टिकटकमा अझै छ ।

‘माया जाल बुन्छु म’ भन्ने बोलको गीतमा उनीहरुले टिकटक बनाएका छन् । भिडियोमा शाह निदाएको जस्तो गरेका छन् भने उनीसँगै वेडमा सुतेकी युवतीले आफ्नै मोवाइलबाट भिडियो वनाएको देखिएको छ । दृष्टिबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय