काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का दिवंगत पुत्र प्रकाश दाहालको सालिक नुवाकाेटकाे ककनीमा बनेकाे छ । ककनी गाउँपालिका-६ स्थित ककनी अन्तर्राष्ट्रिय स्मृति पार्कमा उनकाे सालिक निर्माण भएकाे हाे ।

पर्वतारोहण संघ नेपालले निर्माण गरेकाे प्रकाशकाे सालिकलाइ शुक्रबार अध्यक्ष प्रचण्डले अनावरण गरेका छन् । अध्यक्ष प्रचण्डले प्रकाशको सालिक अनावरण गर्न आउँदा आफुँलाई केही अप्ठ्याराे लागेको बताएका थिए ।

1140x725

‘अलिक अफ्ट्यारो महसुस गरेको थिएँ, नराम्राे सन्देश जाला भन्ने चिन्ता थियाे’ सालिक अनावरणपछि प्रचण्डले भने, ‘उहाँहरुले सगरमाथा आरोहण गर्नेहरुको सम्मानको लागि भनेकाले ठिक लाग्यो।’ प्रकाशको सालिकका लागि अनुरोध र माग गरेर गरिएको पहल नभइ पर्वतारोहण संघले आवश्यकता महसुस गरेर निर्माण गरेको उनको भनाइ छ।

‘प्रकाशको मात्र होइन सबै सगरमाथा आरोहीहरु सबैको सम्मान गर्ने प्रकृयाको नयाँ सुरुवात हो भन्ने मैले महसुस गरेको छु’ उनले भने।
अध्यक्ष प्रचण्डले पर्वतीय पर्यटन विकासका लागि नेपाल भन्दा उर्वर ठाउँ अन्यन्त्र नरहेको उनले बताए। पर्यटनको विकासको निमित्त पर्वतहरु अनन्त स्रोत भएको उनको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय