काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको मूल नेतृत्वबाट केपी ओली हट्ने हो भने कम्युनिष्ट पार्टीका बीचमा सजिलै धु्रविकरण हुने बताएका छन् । नेत्र विक्रम चन्दको पार्टीबाट माओवादी केन्द्रमा फर्किएका नेता कार्यकर्तालाई माओवादी मुख्यालय पेरिसडाँडामा स्वागत गर्दै अध्यक्ष प्रचण्डले वाम एकताको अबरोध र ओली प्रबृति भएको टिप्पणी गरे ।

एमालेसँग एकता गर्नु गल्ती जस्तो देखिएपनि अन्तत आफूलाई त्यस्तो नलागेको र एमाले भित्र पनि हजारौंको संख्यामा क्रान्तिकारी कम्युनिष्टहरु रहेको उनले बताए । एमाले भित्र आफूहरुले बिऊ राखेर आएको तर्क गर्दै प्रचण्डले भने, ‘माओवादीहरु मात्रै मिलेर पनि हुँदैन सवै सच्चा कम्युनिष्टहरु एक हुनुपर्छ ।

माक्र्सवादलाई अवलम्बन गरेर राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै समाजवादको बाटोमा जानुपर्छ भन्नेहरु बाहिर पनि छन् । एमाले नेतृत्वमा ओली नहुने हो भने त्यो पार्टीका हजारौं कार्यकर्तालाई समाजवादको बाटोमा एकीकृत र केन्द्रीकृत गरेर लैजान सकिने रहेछ । एमालेमा पनि बिऊ रोपिएको छ । केही समयपछि त्यो फुल्छ, फल्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय