
काठमाडौँ-हस्तमैथुन गर्नु कुनै नयाँ कुरा होइन । आफुलाई सेक्सुअलरुपमा सन्तुष्ट बनाउन हस्तमैथुन गर्ने गरिन्छ ।
पहिलो पटक १८औ शताब्दीमा पहिलो पटक हस्तमैथुन बारे पहिलो पटक सुनिएको थियो । कहिँ कतै हस्तमैथुनलाई नैतिक रुपमा गलत भन्ने गरेको पनि भेटिन्छ । तर आफु यौनरुपमा सन्तुष्ट हुन हस्तमैथुन गर्नुलाई सामान्य रुपमा लिन सकिन्छ । हस्त मैथुन बारे चलेका केहि भ्रमपूर्ण कुराहरु यँहा चर्चा गर्न खोजिएको छ ।
हस्तमैथुन गर्दा यौन अंगमा नोक्सान गर्दछ भन्ने गरिन्छ तर मेडिकल हिसाबले हस्तमैथुन गर्नु यौनअंगमा कुनै नोक्सान हुदैन । तर धेरै प्रयोगात्मक हुन् खोज्दा बजारमा उपलब्ध सेक्स टोयेको प्रयोग गर्दा सावधानी भने अपनाउनु पर्ने सल्लाह स्वास्थ्य विशेषज्ञहरु दिन्छन । लामो समयसम्म त्यस्ता बस्तुको प्रयोग गरेर लामो समयसम्म मैथुन गर्दा यौन अंग चिलाउने र जलन हुने सम्भावना बढ्दछ ।
प्रेमी प्रेमिका या जोडीमा यौन सम्बन्ध राख्नु र हस्त मैथुन गर्नु फरक कुरा हुन् । हस्तमैथुन यौनसन्तुष्ट लिने पक्का तरिका हो । तर हस्तमैथुन गर्नेहरुको सेक्स प्रतिको रुची सकिन्छ भन्ने कुरा भने गलत हो । किनकी महिला र पुरुषले फरक फरक किसिमले सेक्सुअल प्रतिक्रिया दिने गर्दछन ।
कैयौ मानिसहरुलाई हस्तमैथुन गर्दा बच्चाबच्ची नहुने समस्या हुन्छ भन्ने भ्रम रहेको छ तर वास्तवमा त्यस्तो अहिलेसम्म प्रमाणित भएको छैन ।
हस्तमैथुन गर्दा अपराधबोध हुने या आफुले कुनै गलत काम गरेको अनुबह्व गर्ने गरेको पनि पाइन्छ तर विशेषज्ञहरुका अनुसार हस्तमैथुन गर्दा शरीरको कुनै अंग या मानसिक रुपमा असर नगर्ने बताउछन् ।
सामान्यतया हस्तमैथुन गर्नेहरुले कति पटक गर्दा ठिक या बेठिक भन्ने कुनै नियम छैन तर हस्तमैथुनको आदत बढेर आफ्नो दिनचर्यामा असर गरेमा भने यौन विशेषज्ञलाई भेट्नु हितकर हुन्छ । आफ्नो पार्टनरसँग राम्रो सम्बन्ध हुदा हुदै पनि मानिसहरुले हस्तमैथुन गर्ने गर्दछन जुन गलत छैन । यस्तो अवस्थामा आफ्नो पार्टनरलाई धोका दिएको सोच्नेहरू पनि छन् । यसले आफ्नो यौन सन्तुष्टि बढाउने हो कुनै धोका दिने होइन भन्ने कुरा बुझ्न जरुरी छ ।