क्वालालम्पुर- मलेशियामा एक नेपाली श्रमिकले घाटीमा डोरिको पासो लगाएर आत्महत्या गरेका छन। पाँचथर खुगा -४ का बिर्जमान कामिले आत्महत्या गरेका हुन। उनको तस्वीर हेर्दा मलेशियामा सुरक्षागार्डमा कार्यरत रहेको भन्ने प्रष्ट देख्न सकिन्छ। यद्यपि मलेसिया कुन कम्पनीमा कार्यरत थिए भन्ने तथ्य खुल्न सकेन।
समाचार श्रोतका अनुसार कामी ८ बर्ष अघि भिजिट भिसामा मलेशिया पुगेका हुन। उनले मोबाइल म्यासेजमा सुसाइट नोट लेखेर आत्महत्या गरेका छन। सुसाइट नोटमा उनले २ छोरिहरुलाई आफू बाबू भएर पनि बाबुको कर्तब्य पूरा गर्न नसकेकोले आफुले देह त्याग गरेको लेखेका छन। श्रीमती गितालाई समेत सम्बोधन गरेर लेखेको नोटमा भनेका छन।
म श्रीमान भएर पनि नभए जस्तो भयो केही कर्तब्य पूरा गर्न सकिन, यो जुनिमा यस्तै भयो अर्को जुनिमा भेटला भन्ने संदेश लेखेर उनले देह त्याग गरेका हुन। आफुले कमाएको पैसा सबै भिडियो तथा विभिन्न अनलाइन, क्यासिनो गेममा हारेको र घर परिवार लाई खर्च दिन नसकेको कारण आत्महत्या गरेको हुन सक्ने संखा गरिएको संगै कार्यरत सहकर्मी साथिहरुले बताए।
-हेर्नुहोस सुसाइड नोट











