काठमाण्डौ- कुवेतको एक प्रतिष्ठित कम्पनीले वेटर कामका लागी १२० जना पुरुष र १२० जना महिला कामदारको माग गरेको छ । खाना बस्न सहित २ बर्षे करार अवधिका लागी अल घानिम इन्टरनेसनल लाइट फुड कम्पनीले तलब रु.४८,७३० हुने जारि विज्ञापनमा उल्लेख गरेको छ ।
यस कम्पनीमा जान चाहानेहरुका लागी असार १२ गते फाइनल अन्तर्वार्ता दिनु पर्ने जनाएको छ । भने यो माग पत्र अजम्बरी ओभरसिज सर्भिसेज प्रा.ली रातोपुल काठमाण्डौले ल्याएको हो । अन्तर्वार्ता कम्पनीकै कार्यालय परिसरमा हुने जनाएको छ ।











