काठमाडौं । नेकपा माओवादी केन्द्रकाे विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको विस्तारित बैठक सम्पन्न भएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले २ सय ९९ सदस्यीय केन्द्रीय समितिको टुंगो लगाएको छ । बैठकमा सहभागि एक पदाधिकारीले दिएको जानकारी अनुसार यस अघि भएका विवाद, विभिन्न प्रस्तावहरु र नेतृत्वको सुझावसमेतलाई आधार मानेर २ सय ९९ सदस्यीय केन्द्रीय समितिको टुंगो लागेको हो ।

अव यही केन्द्रीय समितिको अनुपातमा सचिवालय टुंगिने ती नेताले बताए । क्रान्तिकारीले आन्तरिक जिवनमा हुने कामहरुको बाँडफाँड सहज बनाउन विभिन्न २७ विभागहरु पनि गठन गरेको छ । विभागकाे नेतृत्व पछि तह हुनेछ । आजको बैठकले संगठनको महासचिवको दावी गरिरहेका नेता पवन कार्कीसहित ९ जनालाई कारबाही समेत गरेको छ ।

कारबाही पर्नेहरूमा बसन्ता भण्डारी, पदम नेपाली, रमेश खड्का, बालकुमार केसी, उपदेश यादव, संजिव चौधरी, रविन बस्नेत र समिर बुढाथोकी रहेका छन् । आजको बैठकका क्रममा हल भित्रै नारावाजी गरेको, युवाहरुलाई उतारेर बैठक भाड्न खोजेको, हुलदंगा गरेको लगायतका कारण कार्कीलाई कारवाही गरिएको बताईएको छ ।

बैठकमा क्रममा केन्द्रीय सदस्यहरुबी आजै हात हालाहालको स्थिती सृजना भएको थियो । यस अघि पनि कार्कीसहितका नेताहरूले संगठन भित्र अराजक गतिविध गरेकाे अाराेप संस्थापन पक्षले लगाउँदै अाएकाे थियाे । कार्कीसहितका केही नेताहरुले पदाधिकारी तथा केन्द्रीय समितिको पुर्नगठन लगायतका माग राख्दै संगठनभित्र असन्तुष्टि राख्दै आएका थिए ।

बैठकले माअाेवादी केन्द्रले जितेका हरेक पालिकामा अभियान चलाउन निर्णय पनि गरेकाे छ । बैठकपछि संगठनका महासचिव दीपेश पुनले भने, ‘१२ लाख सदस्यता १५ हजार कमिटी निर्माण गर्ने लक्ष्य सहित १९ कमाण्डमा अभियान टिम बनाएर “विद्यार्थीसँग अखिल(क्रान्तिकारी) मुल नारामा ३ महिने अभियान संचालन गर्ने निर्णय गर्दै संगठनको तेस्रो पुर्ण विस्तारित वैठक सम्पन्न।वैठक सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबैमा हार्दिक आभार ।संगठन निरन्तर आफ्नो गौरवपूर्ण विरासत कायम गर्दै अगाडी बढ्नेछ।अब हामी सबै फिल्ड मै भेट हुनेछौ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय