आगोमा जलेर एक जनाको मृत्यु « KhabarGhar – Nepal's No. 1 News Portal

सल्यान, ४ असार-वनमा लागेको डढेलो निभाउने क्रममा सल्यानमा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका ३ डाँडाकटेरीको दुबेरीचौर र हलवारे सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा डाँडाकटेरीका ५७ वर्षीय दलबहादुर बुढाथोकीको मृत्यु भएको हो ।

सल्लाका वनबाट लिसा कम्पनीले खोटो निकालेको त्यही खोटोको बाकस बचाउन गएका बुढाथोकीको आगो निभाउने क्रममा लप्कोले भेटाउँदा शनिबार दिउँसो १२ बजेतिर जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुढाथोकीको सव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउन थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय