
बिनोद निगम / जेठ ३० / नवलपरासी पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपपुर गाउँपालिका वार्ड नं ०९ बेलाटारीकाे पश्चिम गण्डक नहरकाे सडक तल बस दुर्घटना भएकाे छ । त्रिबेणीबाट बर्दघाट तर्फ आउदै गरेकाे लु १ ख ३०८५ नम्बर काे मिनिबस सडकबाट २५ फिट तल खसेकाे छ ।
दुर्घटनामा परि चालक बर्दघाट नगरपालिका वडा बस्ने ५२ बर्षिय देव बहादुर राय लगायत ०७ जना यात्रु समेत घाईते भएकाे ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिनु भयाे ।
घाईतेहरुकाे सहिद स्मृति सामुदायिक अस्पताल चाैपतामा उपचार भईरहेकाे बताईएकाे छ । बसमा २१ जना यात्रु सवार रहेका थिय ।










